Monday, October 25

प्रचण्ड पत्नि सिताको आज जन्मदिन, छोरी गंगाले लेखिन् बिरामी आमालाई स्वास्थ्यलाभको कामना गर्दै यस्तो स्टाटस

July 5, 2021 245

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नि सिता दाहालको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा सितालाई आफन्त, शुभचिन्तक तथा सामाजिक संजालका प्रयोगकर्ताले शुभकामना दिइरहेका छन् ।

जन्मदिनको अवसरमा सिताकी कान्छी छोरी गंगाले आमाको स्वास्थ्यलाभ तथा दिर्घायूको कामना गर्दै सामाजिक संजालमा स्टाटस लेखेकी छिन् ।
सीता लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित सितालाई काठमाडौँको मेडिसिटी अस्पताल, भारतको राजधानी नयाँ दिल्ली, थाइल्यान्डको बैंककसहितका स्थानमा उपचार गरिएको थियो ।

प्रचण्ड परिवारले सीतालाई म्याग्दीको तातोपानीमा पनि लगेर प्राकृतिक उपचार गरेको थियो । तर पनि उनको स्वास्थ्यमा राम्रो सुधार भने आउँदै छाड्दै गरेको छ । एक मात्र छोरा प्रकाश दाहालको निधन भएपछि सिताको अवस्था बिग्रिदै गएको हो ।

चितवन– पूर्वी चितवनको राप्ती-३ बाट अपहरणमा परेकी २३ वर्षीया सुजिता भण्डारी हत्या भएको भन्दै हत्यारा छिटो पत्ता लगाउन माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

‘सुजिताले न्याय पाउनु पर्छ । घटनाको सत्यतथ्य छानबिन होस’ भन्ने नाराबाजीसहित आक्रोशित बनेका स्थानीयहरुले सडक अवरुद्ध गरेका हुन् ।विशेष अनुसन्धान टोलीको स्थलगत अनुसन्धानपछि थप अनुसन्धान र पोष्टर्माटम गर्न शव लैजादै गर्दा स्थानियहरुले राजमार्ग अवरुद्ध गराएका हुन् ।

प्रहरीले १० दिन वितिसक्दासमेत राम्रो अनुसन्धान नगरेका कारण सुजिता मारिएको भन्दै प्रहरी प्रशासनसमक्ष उनीहरुले कडा आक्रोश पोखेका छन ।आक्रोशित स्थानीयहरुको भिडले राप्ती नगरपालिका-३ स्थित राजमार्ग नारावाजीसहित अवरुद्ध गर्दा सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

सडकमा ट्रक तेर्साएर स्थानीयहरुले नारावाजी गर्दै छिटो हत्यारा पक्राउ गरी सार्वजनिक गर्न माग गरेका हुन ।सुजिता भण्डारीको शव आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा फेला परेको हो ।

उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन ।उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।।

प्रतिकृया दिनुहोस्