Sunday, July 25

रोनाल्डोको एतिहासिक १०९ गोल : कुन राष्ट्र विरुद्ध कति गोल, पूर्ण सुची सहित !!

July 6, 2021 137

यूरोपियन फुटबलका बादशाह क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा नयाँ इतिहास कोरेका छन् । १९९३ देखि २००६ सम्म खेलेर १०९ गोल बनाएका किर्तिमानी इराकी फुटबलर अलि दाइएको रेकर्ड हाल रोनाल्डोले बराबरी गरेका छन् । मिरोस्लब क्लोजले बनाएको पुरानो इतिहास समेत रोनाल्डोले भंग गरेका छन् । जर्मनी विरुद्धको खेल पश्चात मिरोस्लबसंग बराबरी गरेको रेकर्ड फ्रान्स विरुद्धको खेलसंगै उनले रेकर्ड तोडेका हुन् । हाल यूरो र विश्वकपको गोल जोडमा रोनाल्डोले २ गोलको अग्रता लिएका छन् । क्लोजको १९ औ गोल माथि रोनाल्डोले २१ औ गोलको रेकर्ड बनाएका छन् ।

पोर्चुगल अन्तर्राष्ट्रिय टिममा लगातार तिनै समुह चरणका खेलमा गोल गर्ने पहिलो खेलाडी समेत रोनाल्डो बनेका छन् ।

विश्व च्याम्पियन फ्रान्स विरुद्धको भिडन्तमा रोनाल्डोले दुई गरे, दुई पेनाल्टी मार्फत गोल गरेका रोनाल्डोले १०९ औ गोल पुरा गरेका थिए । फ्रान्स विरुद्ध पहिलो गोलको खोजिमा रहेका रोनाल्डोले एक साथ् २ गोल गर्न सफल भएका थिए । यूरो २०२० सम्म आइपुग्दा २ टोली विरुद्ध कहिले गोल गर्न नसकेका रोनाल्डोले जर्मनी सहित फ्रान्स विरुद्ध गोल गर्न समेत सफल भए। ठुला प्रतिद्वन्दी माथि गोल गर्न चुकेका रोनाल्डोले ३६ औ बर्षको उमेरमा रहेर उक्त टोली विरुद्धको खडेरी मेटाएका हुन् ।

सर्वकालीन फुटबल जीवनमा रोनाल्डोले आफ्नो १०९ औ गोल पुरा गर्न कुन मुलुक विरुद्ध कति गोल गरेका छन् ? यस्तो छ सुची :

रोनाल्डोले विश्वका ४३ राष्ट्र विरुद्ध गोल गर्न सफल भएका छन् । फ्रान्स विरुद्धको २ गोलसंगै रोनाल्डोले उक्त आकडा बनाएका हुन् । रोनाल्डोले सर्वाधिक धेरै गोल ७ गोल दुई राष्ट्र स्विडेन र लिथुयानिया विरुद्ध गरेका थिए । उक्त पश्चात रोनाल्डोले एन्डोरा विरुद्ध ६ गोल गरेका छन् । अन्य सुची यस प्रकार रहेको छ ।

यूरो २०२० मा रोनाल्डोले बनाएको विभिन्न किर्तिमान विच जर्मनी र फ्रान्स विरुद्धको गोलले भने रोनाल्डोलाई थप स्तरीय सावित गरेको छ । समुह चरण पार गरेको पोर्चुगलले अबको अन्तिम १६ को खेल बेल्जियम विरुद्ध खेल्ने छ । पोर्चुगलबाट बेल्जियम विरुद्ध रोनाल्डोले हालसम्म ३ गोल गरिसकेका छन् । थप गोलसंगै रोनाल्डो विश्व कै सर्वाधिक धेरै गोल गर्ने खेलाडीको नयाँ इतिहास बनाउने छन् । यूरोप लगायत शिर्ष राष्ट्र मानिएका स्पेन, नेदरल्याण्ड, फ्रान्स सहित अर्जेन्टिना गरि रोनाल्डोले १०९ गोल गर्न १४ गोल यी विरुद्ध समेत पुरा गरेका छन् ।

प्रतिकृया दिनुहोस्