Friday, April 16

एकाएक फेरी लकडाउन गर्ने घोषणा,कक्षा १२ को परिक्षा हुन्छ कि हुँदैन

November 20, 2020 246

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिब्र रुपमा समुदायस्तरमा फैलिएपछि गुल्मीको रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने घोषणा गरेको छ । नगरपालिकाले बिहिवार राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरेको हो । नगरप्रमुख डिल्लीराज भुसालद्धारा जारी गरिएको सूचनामा बिहिवार राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन लागू हुनेछ । लकडाउनको अवधिमा एम्बुलेन्स, दमकल, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, ईन्धन, सरसफाई, स्वास्थ्य सेवा तथा औषधी पसलहरु पूर्ववत रुपमा सञ्चालन हुने जनाइएको छ । पालिका कार्यालय र वडा कार्यालयमा अत्याबश्यक कार्य बाहेका सेवाहरु पूर्ण रुपमा बन्द हुनेछन् ।

यस अवधिमा सम्पूर्ण शौक्षिक संस्थाहरु बन्द रहने तथा रेडियो टेलिभिजनबाट प्रशारण हुने श्रव्यदृष्य, श्रव्यपाठ प्रशारण तालिकाअनुसार निरन्तर सिकाईमा सहभागी हुन जानकारी गराउने जनाइएको छ । कक्षा १२ को वार्षिक परिक्षा मंसिर ९ गतेबाटै निर्देशित कार्यविधि, मापदण्ड पुरा गरि सुचारु गर्ने समेत जनाइएको छ ।

त्यस्तै तरकारी फलफूल दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण बिहान नौ बजेसम्म र साँझ पाँच बजेदेखि ६ः३० सम्म सञ्चालन गर्ने जानकारी समेत नगरपालिकाले दिएको छ । अन्य पसलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुरागरि बिहान सात बजेदखि दुई घण्टामात्र सञ्चालन गर्ने जनाइएको छ ।उद्योगधन्दा, निर्माण कार्य जुन ठाउँमा सञ्चालन गरिएको छ, सोही स्थानमा कामदारलाई खाने बस्ने व्यवस्था मिलाई सञ्चालन गर्ने, बैङ्क तथा वित्तिय संस्थाहरुलाई अत्यावश्यक सेवा प्रदान गर्न भनिएको छ ।sourc euonlinekhabar.com/काठमाडौँ- कोरोना भाइरसको महामारीले स्थगित कक्षा १२ को परीक्षा अनलाइनबाट नभइ भौतिक उपस्थितिमै हुने भएको छ ।

भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने राष्ट्रिय परीक्षा बोर्डले प्रष्ट पारेको छ ।

विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

परीक्षा सञ्चालन हुन लागेका ५० जिल्लाका ढाडाका परीक्षा केन्द्रमा भने प्रश्नपत्र पनि पठाइसकेको पौडेलले बताए ।

नजिकका परीक्षा केन्द्रमा भने परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि मात्रै प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

कक्षा १२ को परीक्षामा विभिन्न ७३ वटा विद्यालयमा पाँच सयभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् ।

गत वैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन हुँदैछ ।

परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्