Wednesday, October 20

नयाँ आशा पलायो : संक्रमित र मृत्यु दर घट्दै, बढ्यो निको हुने दर

May 16, 2021 995

काठमाडौं । आइतवार २४ घण्टामा सात हजार ३१६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

नेपालमा संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृ त कको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ । महामारी दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमित हुनेको दर घट्दै गएको देखिएको हो ।

यस्तै मृत्यु दर पनि पनि घटेको छ । पीसीआर परीक्षण गर्दा केही दिन यता सरदर ४५ प्रतिशत रहेकोमा आज ३७।४ प्रतिशत मात्र संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा छ हजार ६४८ जनाले रोग जितेका छन् । सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जना संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा पुष्टि भएको छ । आइतबार देशभरमा भने सात हजार ३६८ जनामा पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्