चितवन, २३ ससार । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराएकी छिन् । सुजिता भण्डारी घटनाको अनुसन्धानमा लागेको प्रहरीलाई फेरी अर्को त्यस्तै प्रकारको घटना आएको छ । गैंडाकोटको जनक कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ ।
परिवारका अनुसार असार १४ गते दिउसो आधा घण्टामा घर फर्किन्छु भनेर साथिसंग निस्किएकी बिना अहिले सम्म फर्किएकी छैन । परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ । तर अहिले सम्म बिनाको अवस्था थाहा नभएको प्रहरीले जनाएको छ । बिनाको परिवारका अनुसार बिनाको प्रेमीसंग उनि हराउनु अघिल्लो रात फोनमा धेरै पटक कुरा गरेको खुल्न आएको छ । तर प्रेमीले भने आफुलाई थाहा नदि भागेको बताउदै आएका छन ।
बिनाको ५० वर्षीय बुबा जयश्वर सापकोटाका अनुसार छोरी बिना सापकोटाको खोजीमा निस्केको आठ दिन पूरा भैसक्क्यो तर अत्तोपत्तो केही फेला पार्न सकेका छैन। गैँडाकोट इलाका प्रहरी कार्यालय, चितवन जिल्ला प्रहरी कार्यालय बिनाको खोजीमा जुटेको जयश्वरले बताए । बिनाको बुबाले जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिएर छोरीको खोजी गर्न अनुरोध गरेका छन।
प्रतिकृया दिनुहोस्