Wednesday, June 23

ओलीले बनाएका यी ७ मन्त्रीको पद फेरी पर्यो धरापमा

May 16, 2021 288

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका ७ मन्त्रीको पद धरापमा पर्ने भएको छ । सांसद नभएका ७ जना अहिले ओलीको मन्त्रीपरिषद्मा छन् । संसदवाट विश्वासको मत जित्न नसकेको ओलीले सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रपति विद्या देवी भण्डारीवाट फेरी प्रधानमन्त्रीमा नियुक्त भएपछि पनि उनले उनै सांसद नभएकाहरुलाई मन्त्रीमा दोहोर्याएका छन् ।

सांसद नरहेका ७ जनालाई पुनः मन्त्रीमा नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट निवेदन परेको छ। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन् । सांसद नभएका नेता ६ महिनाका लागि मन्त्री बन्ने कानुनी प्रावधान छ । तर उनीहरुलार्ई मन्त्री नियुक्त गरेको ६ महिना नहुँदै प्रधानमन्त्रीकै पद गएको थियो । पुन प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले उनीहरुलाई नै मन्त्री दोहोर्याएका थिए । सांसद नरहेका ७ मन्त्री नियुक्ती विरुद्ध संवैधानिक प्रश्न उठाउँदै रिट निवेदन दिएका हुन्।

संविधानको धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति बढीमा ६ महिनासम्म मन्त्री हुन पाउने र त्यो अवधिमा सांसद नभएमा स्वतः पदमुक्त हुने व्यवस्था छ। त्यो संसद् रहेसम्म यस्ता व्यक्तिलाई पुनः मन्त्री नियुक्त गर्न नसकिने कानुनी व्यवस्था छ।

तर प्रधानमन्त्रीले पटक–पटक सांसद नरहेका व्यक्तिलाई नै मन्त्रीमा नियुक्त गरेको भन्दै बदर गर्न माग गरिएको अधिवक्ता भण्डारीले जानकारी दिए। माओवादी छाडेर एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र दावा तामाङलाई ओलीले फेरि मन्त्री नियुक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्