Saturday, October 16

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट : यो.नीको जाँच गर्दा ज.बरज.स्ती क.रणीको कुनै संकेत देखिएन

July 7, 2021 206

काठमाडौं, २३ असार। सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट आएको छ । बेपत्ता भएको ९ दिन पछी चितवनको जंगलमा मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको काठमाडौँको महाराजगंजस्थित शिक्षण अस्पतालमा पोष्टमार्टम भएको हो । फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुका अनुसार पोष्टमार्टम रिपोर्टबाट सुजिता भण्डारीको मृत्युको कारण स्पष्ट हुन सकेको छैन । उनको मृत्यु चोटपटकबाट भने नभएको चिकित्सकहरुले बताएका छन् । शब नजिकै सिसाको बोत्तलमा वि.ष भेटिएपनि वि.ष खाए नखाएको पोष्टमार्टममा देखिएको छैन ।

प्रहरी स्रोतका अनुसार पोष्टमार्टमको क्रममा भण्डारीको यो.नीको जाँच गर्दा ज.बरज.स्ती क.रणीको कुनै संकेत देखिएको छैन । आफन्त र स्थानीयले ज.बरज.स्ती क.रणीपछी हत्याको आशंका गर्दै आएका थिए ।पोष्टमार्टमबाट मृत्युको कारण खुल्न नसकेपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । भिसेरा परिक्षणबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् । भिसेरा रिपोर्ट आएपछि मात्रै भण्डारीको मृत्युको कारण प्रस्ट हुने चिकित्सकको भनाई छ । ९ दिन अगाडी देखि

बेपत्ता रहेकी सुजिताको शव सुरुमा जंगलमा च्याउ खोज्न आउने चेपाङहरुले फेला पारेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए । असार ११ गते बिहानै घरबाट निस्किएकी सुजिताले दिउँसो दिदी कवितालाई आफू अ.पहरणमा परेकाले बचाउन आग्रह गरेको परिवारका सदस्यहरूले बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्