Thursday, August 18

पूर्वराजा ज्ञानेन्द्रलाई ‘राजा’कै रूपमा जन्मदिनको शुभकामना !

July 7, 2021 358

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कतिपय चर्चित व्यक्तिले समेत राजाकै रूपमा जन्मदिनको शुभकामना दिएका छन्। पूर्वराजा शाह आज (असार २३) बाट ७५ वर्षमा प्रवेश गरेका छन्। यस अवसरमा अभिनेत्री कोइरालाले उनलाई शुभकामना दिँदै ‘श्री ५ महाराजाधिराज’ नै सम्बोधन गरेकी हुन्।

अभिनेत्री कोइरालाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७५औं शुभजन्मोत्सवको उपलक्ष्यमा मौसुफ सरकारको सुख, शान्ति, सुस्वास्थ्य, एवं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’

यस्तै राप्रपा नेता डा. धवलशमशेर राणाले पनि पूर्वराजा शाहलाई राजा नै सम्बोधन गरेर जन्मदिको शुभकामाना दिएका छन्। उनले लेखेका छन्, ‘७५औं शुभजन्मोत्सवका सुअवसरमा राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवमा सुख,शान्ति एवम् दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!!!’

नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका डा. राणाले गरेको शुभकामना ट्विट अभिनेत्री कोइरालाले रिट्विट पनि गरेकी छन्।

प्रतिकृया दिनुहोस्