Thursday, May 6

पत्थरीको अपरेशन गर्ने भन्दै डाक्टरले बिरामीको अर्को मृगौला निकालिदिए

November 20, 2020 279

बिरामीको मृगौलामा पत्थरी भएकोले अपरेशन गरेर पत्थरी निकाल्नुपर्ने बताएका डाक्टरले अपरेशनको क्रममा बिरामीको अर्को मृगौला निकालिदिएपछि हंगामा भएको छ । भारतको बिहार राज्यको राजधानी पटनामा बेगुसरायका २० वर्षका युवक उपचारको लागि एक डाक्टरको क्लिनिकमा आएका थिए । डाक्टरले उनको बायाँ मृगौलामा पत्थरी भएकोले अपरेशन गर्नुपर्ने बताएका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बिरामीको मृगौला निकालिएको कुरा अपरेशनपछि उनको पेट दुख्न थालेपछि खुलासा भएको थियो । जी न्यूजका अनुसार उनको पेट दुख्न लागेपछि उनका परिवार यसबारे बुझ्न पुनः डाक्टरकहाँ गएका थिए । डाक्टरले सुरुमा त यो कुरालाई पन्छाउन खोजे तर बिरामीको परिवार आफ्नो कुरामा अडिग रहेपछि डाक्टरले माफी माग्न थाले । डाक्टरले माफी माग्दै यो कुरा गुपचुप मिलाउन आग्रंह गरेका थिए ।

तर, यो कुरा यताउता फैलिएपछि त्यहाँ आसपासका मानिसहरु जम्मा भए र हंगामा भयो । बिरामीको परिवारले पुलिसलाई पनि बोलाए । डाक्टरले ती बिरामीको दाहिने मृगौलामा पनि पत्थरी भएको र अपरेशन गर्ने क्रममा अत्याधिक रक्तस्राव भएपछि आफूले त्यो मृगौला निकाल्नुपरेको बताए । उनले यसबारे बिरामीको परिवारलाई पनि जानकारी दिएको बताए । तर, बिरामीको परिवारले भने यो कुरा अस्वीकार गरे ।

पछि बिरामीको परिवारले ती डाक्टरलाई बिरामीको उपचारको जिम्मा लिने गरी १ हजारको स्टाम्प पेपरमा दस्तखत गराएर साथमा १० लाख रुपैयाँ क्षतिपूर्ति लिएर सहमति गरेको बताइएको छ । डाक्टरले पनि बिरामीलाई थप उपचारको लागि पारस हस्पिटलमा भर्ना गराएका छन् । बिरामीको परिवारले पुलिसमा कुनै उजुरी दर्ता गराएका छैनन् । परिवारले यसबारेमा कुनै प्रतिसक्रया दिन अस्वीकार गरेका छन्

प्रतिकृया दिनुहोस्