Sunday, September 26

अभिनेत्री जेनी कुँवरद्वारा अभिनित चलचित्र ‘घायल’ को गित ‘माया गर मायालुले’ (भिडियो)

July 9, 2021 192

अभिनेत्री जेनी कुँवरले आ.त्मह.त्या गरेकी छिन् । उनले आफ्नै अपार्टमेन्टमा झु.ण्डीएर आ.त्मह.त्या गरेको प्रहरी स्रोतले जनाएको छ । बिहीबार राति लगभग ८ बजेको आसपासमा नायिका कुँवरले आ.त्महत्.या गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिएका हुन् । उनि काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी थिइन । अभिनेत्री जेनी कुँवरले डिप्रेसनको कारण आ.त्मह.त्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । उनि विगत १ बर्षदेखि डिप्रेशनको बिरामी रहेको खुलेको छ। जेनीको ‘सु.सा.इड नोट समेत भेटिएको प्रहरीले जानेको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् । प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको छ ।

जेनी कुँवर केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् । केही समय अगाडि उनको पशुपति परिसरमा ल.फडा समेत भएको थियो । जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् । उनि कलाकार र चलचित्र निर्माता समेत हुन् ।

जेनी कुँवरद्वारा अभिनित चलचित्र घायलको गित ‘माया गर मायालुले’ मा गरेको अभिनय यहाबाट हेर्नुहोस :

प्रतिकृया दिनुहोस्