Saturday, September 25

घर अगाडि भुलेरपनि यी १२ चीज राख्नुभयो भने कहिलै हुँदैन प्रगति

July 9, 2021 198

वास्तुशास्त्र अनुसार घरभित्र मात्र होइन घर बाहिरका सामाग्रीले समेत वास्तु दोष उत्पन्न गराउँछन् । यस्ता वास्तुदोष उत्पन्न गराउन घर आसपासमा भएका वस्तु कारक रहने गर्दछन् ।

यस्ता वास्तुदोषले शारीरिक, आर्थिक समस्या र पारिवारिक जीवनमा मनमुटाव निम्त्याउने गर्दछ । कतिपय अवस्थामा वास्तुदोषले मानसिक समस्या समेत निम्त्याउँछ । तसर्थ वास्तुशास्त्र अनुसार १० वस्तु घर आसपासमा हुनु हुदैन ।

१, घर अगाडी फोहोर पानी जम्ने स्थान रहनु हुदैन । अन्यथा वास्तुदोष उत्पन्न हुने गर्दछ । २। अझ पानी जम्ने भाग पश्चिम दिशातर्फ भए धनको हानी हुने तथा बदनामी हुने गर्दछ । ३, काडँेदार बिरुवा घर अगाडी भए तपाईंका विरोधीको संख्या बढ्ने गर्दछ । ४, यी बिरुवा भए पारिवारिक जीवनमा मतभेद बढ्ने र स्वास्थ्यमा हानी पुग्दछ ।

५, घर अगाडी लामो समयसम्म ढुगां जम्मा पारेर राख्दा पनि वास्तु दोष हुने गर्दछ । ६, वास्तु विज्ञान अनुसार यसले जीवनमा हुने प्रगती रोक्दछ । ७, घर अघि डस्टबिन हुनु समेत वास्तु विज्ञान अनुसार कष्टकारी हुन्छ ।

८, घरको मुख्यद्धारको सामुन्नेमा बिजुलीको खम्बा हुनु पनि उन्नतिको बाधक मानिन्छ । ९, घर अगाडी बाक्लो रुखहरु हुनु समेत वास्तु दोषको कारक मानिन्छ ।

१०, घर अघि बेलको रुख हुनु अझ उक्त रुखले घरको उचाई नाघ्नु हानिकारक मानिन्छ । ११, वास्तुविज्ञान अनुसार घरको दलानभन्दा सडक अग्लो हुनु समेत कष्टकारी मानिन्छ ।

१२, वास्तुविज्ञान अनुसार घर अघि सेतो चोप निस्कने रुख हुनु समेत हानिकारक मानिन्छ ।

प्रतिकृया दिनुहोस्