Wednesday, October 20

अस्पतालमा उपचार गराइरहेकी निशाले किन यस्तो गरिन् ? भयो अत्याधिक रक्तश्राव, सास फेर्नै कठिन

July 9, 2021 232

काठमाडौं,। नर्भिकमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको अवस्था सुधारोन्मुख रहेको नर्भिक अस्पतालले जनाएको छ । दुर्घटनामा परेर उपचारका लागि तीन वर्षदेखि उपचारको अभावमा मृत्युसँग लडिरहेकी घिमिरेको नर्भिकमा उपचारका ल्याएसँगै स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गा’ला टो’केपछि अत्याधिक र’क्तश्रा’व भएको थियो ।

आफ्नै दाँतको टो’काइबाट गालाको भित्री भागमा गहिरो चो’ट लागेपछि उनलाई भेन्टिलेटरमै राख्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गा’ला टो’केपछि अ’त्यधिक र’क्तश्रा’व भएको थियो । जस्का कारण श्वास फेर्न कठिनाई भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको हो ।

आफ्नै दाँतले टो’कि’एको गालाको भित्री भागमा टाँका नै लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको अस्पतालको भनाइ छ । तर, असार २१ गते भेन्टिलेटरमा राखिएकी उनलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ । ‘हाल उनी आफैंले श्वास फेरिरहेकी छिन् र गा’लाको भित्री भागमा टोकिएर बनेको घाउ समेत निको हुने क्रममा रहेको छ,’ बिहीबार अस्पतालले जानकारी दियो ।

बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको पनि अस्पतालले चिकित्सकहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ । हाल उनलाई सीसीयू वार्डमा राखेर उपचार जारी राखिएको छ । नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायत विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ ।

डा. पङ्कज जलान नेतृत्वको टीमले उनको उपचार गरिरहेको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युश्ययामा छ’टपटा’इरहेकी घिमिरेको गत जेठ २७ गते अस्पतालकी प्रबन्धनिर्देशक मेघा चौधरीले उद्धार गरेकी थिईन् ।

‘अस्पतालमा आउँदा जि’उँदो ला’शजस्तो रहेकी उनको अवस्था निकै सुधार भएको छ । उनले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहेकी छिन्,’ अस्पतालले भनेको छ । डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए ।

प्रतिकृया दिनुहोस्