Sunday, July 25

सरकरले विद्यालय सञ्चालन गरिने मिती तोक्यो।भर्खरै आयो विद्यालय खुल्ने खबर।

July 9, 2021 348

सरकरले विद्यालय सञ्चालन गरिने मिती तोक्यो हेर्नुहोस।काठमाण्डाै – पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् । उत्तराखण्ड, आन्ध्र प्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने तयारी गरेका हुन् । दिल्लीमा भने सङ्क्रमणको जोखिम नै रहेकाले तत्काल विद्यालय नखुल्ने त्यहाँको सरकारले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डमा आउँदो सोमवारदेखि कक्षा १ देखि १२ कक्षासम्मका विद्यालय खुल्ने छ ।

तर, विद्यार्थी तत्काल विद्यालय जाने छैनन् । विद्यालयमा शिक्षक मात्र जाने छन् । विद्यार्थी घरमै अनलाइनमार्फत पढ्नेछन् । यस्तै, बिहारमा कक्षा १० देखिमाथिका कक्षाको पढाइ सोमवारदेखि नै सुरु हुनेछ । यसका लागि ५०, ५० प्रतिशतमा विद्यार्थीलाई आलोपालो गरी विद्यालयमा बोलाइने छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

काठमाडौं, २५ असार । भारतको केरलामा पनि जिका भाइरस भेटिएको छ । त्यहाँकी एक गर्भवतीलाई जिका भाइरसको सङ्क्रमण भएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि केरलामा जिका भाइरस भेटिएको थिएन । सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनलाई जिका भाइरस पुष्टि भएपछि अन्य १९ जनाको पनि नमुना परीक्षण गरिएको थियो । १९ जनामध्ये १३ जनामा जिकाको आशङ्का गरिएको छ ।

लामखुट्टेको टोकाइका कारण लाग्ने जिका भाइरसको लक्षण डेङ्गुको जस्तै हुन्छ । गर्भवतीलाई जिका भाइरसको जोखिम धेरै हुन्छ । यसले बच्चाको दिमागी विकासमा अवरोध गरी मस्तिष्कको आकार सानो बनाइदिन्छ । भारतमा सन् २०१७ मा पहिलो पटक जिका भाइरस भेटिएको थियो । सन् २०१५ मा ब्राजिलमा जिका भाइरसको प्रकोप फैलिएको थियो ।

प्रतिकृया दिनुहोस्