Sunday, September 26

डुब्यो बनेपाको पुल बजार?

July 10, 2021 357

काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । आज बिहान पुण्यमाता खोलामा बाढी आउँदा पुल बजार क्षेत्र गाडी डुबाउने गरि सडकमा पानी जमेको हो । खोलामा बाढी आउँदा पुल बजार र राजमार्गमा रहेका घरहरुमा पनि पानी पसेका छन्। जसकारण बिहानै देखि स्थानीयको जनजीवन प्रभावित बनेको छ । पुलमाथि पानीको भेल बग्दा राजमार्गमा सवारी साधन सञ्चालनमा पनि अवरोध पुगेको छ । हाल भने पानीको बहाव केही घटेको छ र सडक खुलेको छ।

राजमार्गमा भल पस्दा साना गाडी नै डुब्ने पानी जम्मा भएको थियो भने साना चार पांग्रे गाडीहरु आधा डुबेको देखिन्थ्यो । मोटरसाइकल चढेर बाटो पार गर्न खोज्नेहरु भलमै लडेको पनि देखियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्