Sunday, September 26

‘भ्वाईस अफ नेपाल’बाट बाहिरिएपछि चौरमा चटपटे र काक्रो बेच्दै एलिना । छाक टार्न गाह्रो भो, बुढि आमा पाल्नुछ,कसैले गीत गाउन दिएन (भिडियो हेर्नुस)

July 11, 2021 269

भ्वाईस अफ नेपालको व्याटल चरणबाट बाहिरिएकी एलिना उदास यतिबेला चटपटे बेच्दै गर्दा भेटिन थालेकी छिन् । यस अगाडि पनि घर बनाउने काम गर्ने एलिनाले आफ्नो परिवार चलाउन, छाक टार्न र आमा पाल्नका लागि आफुले यो काम गरिरहेको बताईन् । काम सानो ठुलो नहुने भन्दै एलिनाले शिशिर भण्डारी पुग्दा मिठो चटपटे पनि खुवाईन् । एलिना सँगै उनको आमा पनि छोरीलाई चटपटे बेच्न सघाउँदै थिईन् । काक्रो, फलफुल पनि एलिनाले आफ्नो पसलमा राखेकी छिन् । घुम्न आउने युवाहरुलाई उनी आफ्नो हातको मिठो चटपटे खुवाउँछिन् ।

शिशिरसँग कुरा गर्दै एलिनाले आफुलाई यहाँ आउने दर्शकहरुले चिन्ने गरेको र गीत गाउन अनुरोध गर्ने गरेको पनि बताईन् । एलिनाको आमाले भने छोरीको आवाज मिठो हुँदा हुँदै पनि उचित मौका नपाएकोमा दुख व्यक्त गरिन् । आमाले सबै कुरा पैसा नै रहेछ बाबु भन्दै शिशिरसँग दुख पोखिन् । एलिनाले भने आफ्नो दिन पनि त आउला भन्ने आशा बोकेर सँगीत साधना बिहान बिहान गर्ने गरेको बताईन् । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्