Sunday, September 19

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु सङ्क्रमणकै कारण

July 11, 2021 227

बालबालिका सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ ।

बालबालिकालाई सङ्क्रमणबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु सङ्क्रमणकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु सङ्क्रमणबाट भएको छ ।

प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ । शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १० वर्षसम्मका ५२ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने ११ वर्षदेखि २० वर्षसम्मका १३० जना कोरोना सङ्क्रमित भएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नेपालमा कोरोनाको पहिलो चरणको सङ्क्रमणमा बालबालिका जोगिएका थिए । दोस्रो भेरियन्टमा बालबालिका सङ्क्रमित र मृत्यु हुने सङ्ख्या बढेपछि चिन्ता बढेको छ । बालबालिकालाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक अस्पताललाई कुल शय्याको २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन दिइसकेको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति स्थित च्यादलुमा मोटरसाइकलको चेनले पाँच बर्षिय बालिकाको खुट्टा का टिएपछि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको छ । धनबहादुर नेपालीकी पाँच बर्षिय छोरी रोजिया नेपालीको मोटरसाइकल स्टाट गर्ने क्रममा खुट्टा चेनमा पर्दा दाहिने खुट्टा काटिएको हाे । खुट्टा का टिएसँगै तत्काल थप उपचारको लागि काठमाडौं लगेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार खुट्टा का टिदा घाइते भएकी बालिकाको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि, आरआरएनद्वारा आइसोलेशनलाई विभिन्न सामग्री सहयोग
नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)द्वारा सङ्खुवासभाका आइसोलेशनलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिएको छ । शनिबार तुम्लिङ्टारमा एक कार्यक्रमबीच पूर्वराजदूत डा अर्जुन कार्कीले जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसिएमसी) समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई विभिन्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।

संयुक्त राज्य अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा कार्कीको विशेष पहलमा युएनडिपी कार्यक्रमअन्तर्गत नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)ले उक्त सामग्री उपलब्ध गराएको हो । विश्वभर कोरोना भाइरसको महामारी फैलिइरहेको समयमा सङ्खुवासभामा कोरोना नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्खुवासभा जिल्ला अस्पतालद्वारा सञ्चालित मानेभञ्जाङ, तुम्लिङ्टार आइसोलेशन र चैनपुर आइसोलेशनका लागि ती सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त संस्थाले चैनपुर र मकालु गाउँपालिकाका लागि एक÷एक थान जेनेरेटर हस्तान्तरण गरेको थियो । त्यसैगरी अन्य सामग्री पल्स अक्सोमिटर १०० थान, पिपिइ १०० थान, एन–९५ मास्क एक हजार थान, ब्ल्याङ्केट १५० थानलगायत १० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । ती सामग्री जिल्ला अस्पताल र डिसीसिएमसी समितिले जिल्लामा सञ्चालित आइसोलेशन र होमआइसोलेशनमा बसिरहेकालाई लक्षित वितरण गर्न समेत संस्थाले अनुरोध गरेको छ ।

पूर्वराजदुत कार्कीको पहलमा सङ्खुवासभामा विभिन्न प्रकारका सहयोग प्राप्त भएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले धन्यवाद दिनुभयो । जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङ्टारमा जन्मिएका पूर्वराजदूत कार्की विभिन्न सामाजिक काममा समेत संलग्न रहँदै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस्