इटहरी : इटहरी स्थित मायाँघरमा इटहरी उपमहानगर पालिकाले शिविर आयोजना गरेर स्वास्थ्य परिक्षण गरेको छ । वडा न २ स्थित माया घर नेपालमा रहेका आश्रित मध्ये ५० जनाको को’भिड १९ परिक्षण गर्दा ३६ जनामा सक्रमण देखिए पछि लक्षण भएका सक्रमितहरुको स्वास्थ्य परीक्षण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
इटहरी अस्पतालको ईमर्जेन्सी विभाग प्रमुख तथा को’भिड १९ होम आईसोलेन सर्पोट टिम संयोजक रामकुमार धमलाका अनुसार ३६ सक्रमित मध्ये २८ जनामा सुख्खा खोकि, ज्वरो, वा’न्ता हुने, खान मन नला’ग्ने जस्ता को’भिड १९ का लक्षणहरु देखिएको छ । उनीहरुलाई उपचारमा सहयोग पुग्ने पल्स अक्सिमिटर , माक्स लगायत स्वास्थ्य सामाग्रिहरु उपमेयर गौतमले प्रदान गरिन् ।
सवै सं’क्रमितलाई इटहरी अस्पतालले हेल्थ मोनिटरिङ गरिरहेको छ । इटहरी उपमहानगर पालिका स्वास्थ्य शाखा, इटहरी अस्पताल र विश्व स्वास्थ्य संगठन ( डव्लु एच ओ ) का प्रतिनिधिले स’क्रमित स्थल माया घरको अनुगमन नीरिक्षण गरि जनस्वास्थ्य अवस्था मूल्यांकन समेत गरिएको छ । मायाँघरकी सचिव सुभद्रा प्याकुरेलले मायाँ घरमा को’रो ना संक्रमण देखिएपछि सं’क्रमितहरु र सं’क्रमण नभएकाहरुलाई छुटटा छुटटै ठाँउमा राखि सावधानी अपनाइएको छ ।
मायाँ घरमा नयाँ ब्यक्तिहरुलाई ल्याउन भने केहि समय वन्द गरिएको उनले जानकारी दिइन् । मायाँघरले वेवारिसे, मा’नसिक स’न्तुलत ठीक नभएका पी’डित ब्यक्तिहरुलाई आश्रय दिदै आएको छ। निषेधाज्ञा खुकुलो भएसँगै मायाघरमा विभिन्न व्यक्ति तथा समूहले भेला भएर आफ्नो जन्मदिन, एनिभर्सरी मनाउन सुरु गरेका थिए । आगन्तुकको नि’र्वाध प्रवेशको कारण को’रो ना सं’क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्