July 11, 2021 314
प्युठान को नौबहिनी गाँउपालिका वडा न. १ स्याँउलिवाङ मा निर्माणधिन घर मध्यरात मा भ’त्किदा बोम ब. मल्ल सहित श्रीमती र अढाई वर्षिय छोरा ले एउटै ओछ्यानमा ज्या’न गु’माउनु पर्यो।
सात सदस्य को परिवार मा जेठी छोरी मावल गएकी र बाँकी तिन छोरीहरु छुट्टै पल्लो कोठा मा सुतेका कारण बाँच्न सफल भएका हुन।गाँउपालिका द्वारा वितरित जस्ता पाता लगाउन लाई खर को छानो हटाइएको अवस्था मा घर को वाल भ’त्किएर उक्त घटना भएको थियो।
घर को आर्थिक स्थिति निकै कमजोर भएको र परिवार चलाउने अभिभावक नै गु’माएका चार दिदी बहिनीहरु को बिचल्ली भएको छ। आफन्त को घर मा आश्रय लिएर बसिरहेका ती स साना चार दिदी बहिनीहरु लाई तपाईं हामी सबै को सहयोग को खाँचो परेको हुदा सहयोगी मन हरु सबै मा अनुरोध गर्दछौँ।
प्रतिकृया दिनुहोस्