काठमाडौं – हाल नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई अस्पतालमै मार्ने प्रयास भएको खुलेको छ । भारतबाट आएका दुई जना अपरिचित व्यक्तिले उनको ज्यान लिन उनी भएको क्याविनसम्म पुगेको खुलेको हो ।
अस्तालमा घटेको यो घटनाले भारतमा हत्या प्रयाश गरिएको आशंका गरिएको छ । नर्भिकमा उपचाररत निशालाई एक युवाले एक्कासी भेटन आएपछि उनको परिवारका सदस्यले हत्या आशंका गरेका हुन् । ‘तीन दिन अघि एक अपरिचिन पुरुष म निशाको भाई भन्दै अस्पतालमा भेटन आएछन् ।’ उनकी दिदी उषा घिमिरेले भनिन् ‘हामी परिवारका सदस्यलाई त जुनसुकै बेला भेटन दिँदैन कसरि त्यो अपरिचित मान्छे निशाको बेडमा पुग्यौं । हामी अचम्ममा छौं ।’
उषाले आफू क्यान्टिनमा जाँदा भारतिय मुलका जस्ता देखिने दुई अपरिचित व्यक्तिले निकै बेर फलो गरेको बताइन् । साथै घटनाबारे प्रहरीलाई जानकारी गराउने उषाको भनाई छ ।
केही भोजपुरी फिल्ममा अभिनय गरेकी निशा भारत आउजाउ गरिरहन्थिन् । निशा भारत गएको बेला एक्कासी भारतीय प्रहरीले निशाको सडक दुर्घटना भएको जानकारी गराएपछि परिवारका सदस्य भारत पुगेका थिए ।
सडक दुर्घटना भनिएपनि सोही दुर्घटनामा अन्य व्यक्ति परेको वा नपरेको बारे भारतिय प्रहरीले निशालाई जानकारी गराएको छैन । दुई बर्षअघि देखि निशाको अवस्था निकै नाजुक छ ।
दुई बर्षसम्म घरमै आराम गरर बसेकी उनलाई स्वास्थ्यमा गम्भीर समस्या आएपछि विभिन्न अभियान्ताहरुको सहयोगमा अस्पताल भर्ना गरिएको हो ।
प्रतिकृया दिनुहोस्