Thursday, May 26

यस्ता हुन्छन् अंग्रेजी अक्षर ‘A’ बाट नाम सुरु हुने मानिस, ‘जसै पूरा गर्छन् चाहना’

July 12, 2021 223

काठमाडौँ । बाट नाम सुरु हुनेहरुको पर्सनालिटी एकदमै हाई किसिमको रहने गर्छ । हुर्काई, सिकाई, परिवार र समाजले पनि यसको प्रभाव पार्ने भए तापनि यिनीहरु आफ्नो क्षेत्रमा चिनिएका मानिसहरुमा पर्दछन्। यिनीहरु जुनसुकै क्षेत्रमा नेतृत्वमा बस्न रुचाउँछन् । यिनीहरुमा एकखाले लिडरसिप गर्ने खुबी हुन्छ । यिनीहरु ज्यादातर सक्सेसफुल हुन्छन्।

जस्तोसुकै पारिवारिक अवस्थामा हुर्किएको भए पनि यिनीहरु सफल व्यक्तिको पहिचान बनाउँछन् । यिनीहरु कार्यालय, व्यवसाय, पार्टनरसिप हरेक क्षेत्रमा आफ्नो नेतृत्वमा काम भएको देख्न चाहन्छन् । यिनलाई कुनै न कुनै रुपमा एउटा क्षेत्रको नेतृत्वको मौका पनि मिल्छ ।

जब यिनको हातमा नेतृत्व आउँछ यी त्यसलाई राम्रोसँग निभाउन हर्दम तयार रहन्छन् । यिनीहरु आफूले सोचेको र चाहेको कुरा प्राप्त गर्न जीवनभर प्रयास गर्ने कारण चाहेको कुरा ढिलो चाँडो प्राप्त गरी छाड्छन् । तर, यिनीहरु चाहना नै कम गर्दछन् । यदि यिनीहरुले कुनै कुरा चाहे भने त्यो प्राप्त गर्न कडा मिहिनेत गर्दछन् । यहि विशेष खाले क्षमताको कारण यिनीहरु जीवनमा सफल भएका हुन्छन् ।

यी प्रायः आधा धार्मिक आधा अधार्मिक स्वभावका हुन्छन् । यिनीहरुले आफ्नो नेतृत्वमा भएको राम्रो कामको जस आफैं लिन्छन्। काम थोरै बिग्रिएको खण्डमा यिनीहरु भगवानलाई धेरै सम्झन्छन् । यिनीहरु अर्काको अगाडि आफ्नो दुःख देखाएर रुँदैनन् ।

तर, यी ज्यादै भावुक व्यक्ति हुन्छन् । यिनीहरु एकान्तमा बसेर रुन्छन् । यिनीहरु आफ्ना बालबच्चाको भविष्यमाथि ज्यादै बिचार गर्छन् । यिनले बालबच्चालाई एकदमै राम्रो संस्कार दिने कोसिस गरेका हुन्छन् । कहिलेकाँहि बालबच्चाबाट राम्रो व्यवहार नपाउँदा यिनीहरु मनमनै बडो दुःखी हुन्छन् ।

अर्कोतर्फ यिनीहरु बचपनबाट नै तेज दिमाग भएका हुन्छन् । यिनीहरु कक्षामा प्रथम श्रेणीका विद्यार्थीका रुपमा रहेका हुन्छन् । यिनीहरु सिकाएको कुरा एकदमै छिटो टिप्ने कारण अन्य व्यक्तिको तुलनामा अल्छी स्वभावका हुन्छन् । यिनीहरुलाई पढाई लेखाईको प्रतिस्पर्धामा अरुले जित्ने चान्स अल्छ्याईंको कारण मात्र हुन्छ । यिनीहरु आफ्नो क्षमतालाई कम प्रयोग गर्ने कारण कहिलेकाँहि निरास पनि भइरहेका हुन्छन् ।

यिनीहरु आफ्नो पारिवारिक अवस्था अनुसार फाइनान्सियल रुपमा मजबुत हुन्छन् । आफूले चाहेको काम गर्न यिनले कसैसँग पनि फाइनान्सियल सहयोगको लागि हात जोर्न पर्दैन।

यिनीहरु A,S, R अक्षरबाट नाम हुने मानिससँग ज्यादातर प्रेममा परेको पाइन्छ । यिनीहरुको धेरै कुरामा आफैं सक्षम हुनाको कारण वैवाहिक जीवनमा सामान्य खटपट भइ नै रहन्छ । माथि बताइएको अक्षरका मान्छेहरुसँग भने यिनको सम्बन्ध मजबुत रहन्छ ।

यिनलाई नामको भोक हुन्छ । यिनले गरेको कामको नाम अरु मानिसले लाखौं रुपैंयामा पनि किन्न सक्तैनन् । बरु यिनीहरु कम पैसामा काम गर्न मन पराउँछन् तर आफ्नो कामको नाम यिनीहरु लिएर नै छाड्छन्।

आधुनिक विद्याहरुका अलावा यिनीहरु प्राचीन विद्याहरुको बारेमा पनि खोज गरिरहेका हुन्छन्। यिनीहरु नेतृत्वमा रहेर काम गर्ने कारण आफूभन्दा ठूलो पोष्टका मान्छेबाट गाली पनि धेरै खाइरहेका हुन्छन्।

यिनीहरु अन्य व्यक्तिहरुलाई कमै मात्र हानी पुर्याउँछन् तर कसैले आफूलाई हानी पुर्याउने काम गरेको खण्डमा माफ गर्दैनन्। यिनीहरुलाई कामको निकै प्रेसर हुन्छ। त्यसैकारण यिनीहरु कहिलेकाँहि डिप्रेस पनि हुन सक्छन्।

यिनलाई गलत इरादाले सल्लाह दिने मान्छे पनि धेरै हुन सक्छन्। यिनीहरु क्षमतावाला मान्छेलाई छिटो पहिचान गर्न सक्ने खुबीका भए तापनि सल्लाह दिने मान्छेको कुरा सुनिराख्छन्।

यद्यपि सबै कुरा नामको अक्षरबाट मात्र निर्धारण गर्न सकिँदैन। यसको लागि समग्र जन्म कुण्डली र त्यसको विश्लेषण गर्नुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस्