Sunday, July 25

नेपालमा फेरी भूकम्पको शक्तिशाली धक्का, कहाँ हो केन्द्रविन्दु ?

July 12, 2021 386

काठमाडाैं । लमजुङमा बुधबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो।भूकम्पबाट क्षति भएको विवरण आएको छैन। यसअघि सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियाे । साेमबार बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

क्लब स्तरबाट कुनै समय एकै क्लब बार्सिलोनाबाट खेलेका लिओनेल मेस्सी साथै नेय्मारले यस पटकको कोपा फाइनल खेलमा आ-आफ्नो राष्ट्रबाट प्रतिनिधित्व गर्दै एक अर्का विरुद्ध खेलेका थिए । उपाधिका निम्ति ब्राजिल र अर्जेन्टिना खेल्दा अर्जेन्टिनाले १-० ले ब्राजिललाई हराउन सफल भएको थियो । उक्त हारसंगै ब्राजिलियन नेय्मार निकै भाबुक समेत बनेका थिए ।

ब्राजिललाई हराएसंगै लिओनेल मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रफी जितेका हुन् । खेलको समापनसंगै दुई पुर्बी बार्सिलोना सहकर्मी एक आपसमा बाधिनुको साथ साथ टनेलमा समेत अर्जेन्टिनी खेलाडीसंग नेय्मार देखिएका थिए । उपाधि जितेकोमा बधाई दिइरहेका नेय्मार मेस्सीसहित अर्जेन्टिनाका अन्य खेलाडीसाना देखिएका थिए । उनले आफ्ना पुर्बी मित्रलाई एक भाबुक संदेश समेत पेश गरेका थिए ।

उनले संदेशमा लेखेका थिए, हारले मलाई निकै पिडा दिन्छ, हो चोट दिन्छ… यो त्यो पल हो जुन मार्फत म गुज्रेको छैन वा सिकेको छैन् । हिजोको हार पश्चात म इतिहास कै उत्कृष्ट खेलाडीसंग अंगालो हाल्न पुगेको थिए, उनि इतिहास कै महान खेलाडी थिए ।

उनि लेख्छन मेरो मित्र, मेरो दाजु, म हार पश्चात निकै स्तब्द थिए र मैले भने तिमीले मलाई हराउन सफल भयौ । उक्त हारले मलाई निकै खेद पुगेको छ । तर उसले फुटबललाई दिएको गोग्दानका निम्ति भने, म उसलाई निकै आदार गर्छु र उसको म प्रतिको देनका निम्ति समेत उतिकै आभारी छु । – नेय्मार लेख्छन ।

हारको घिणा गर्छु, तर आफ्नो उपाधिको उत्सव मनाउनु किनकी फुटबल जगतले तिम्रो यस उपाधिको प्रतीक्षा गरिरहेको थियो भन्दै नेय्मारले आफ्नो संदेशमा मेस्सीलाई थप बधाई दिएका थिए ।

कोपा फाइनल गुमाउन पुगेका नेय्मारका निम्ति उक्त हारले थप पीडादायी बनाएको छ । बार्सिलोना फर्किने धोको बोकेका उनले आफ्नो बर्तमान क्लब पी.एस.जीसंगै नयाँ सम्झौता गरेका छन् जसको कारण उनको मेस्सीसंग खेल्ने थप योजनामा पूर्णविराम लागेको छ । नेय्मारका निम्ति थप एक पटक हारको सामना गर्नु पर्यो यस बाहेक गए सिजन उनको टोलीले च्याम्पियन लिग गुमाउनु पुग्यो साथै जित्दै आएको फ्रेन्च लिग १ र यस पटक उनि स्वयम कोपा हारको शिकार बन्न पुगे । तर मेस्सीलाई आफ्नो सामाजिक सञ्जालमा संदेश लेखेर मेस्सीको हर्षमा बढाई गर्नमा भने नेय्मार पछी परेनन् ।

प्रतिकृया दिनुहोस्