Wednesday, June 23

टेकु अस्पतालको भुइमा उपचार गराएका बाबुरामको नि’धन, श्रीमान्‌लाई निको पार्न आएकी दा’गबत्ती दिएर फर्किन्

May 17, 2021 223

रातो स्वीटर । रातै सुरुवाल । सिउँदोमा सिन्दुर । अनि नीलो पीपीई सेट । मुखमा मास्क । पछाडि बोकेकी थिइन् कालो झोला । बेचैन र शि’थिल अनुहार । बिहीबार राति शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पताल टेकुको प्राङ्गणमा भेटिएकी थिइन्, गोरखाको शहीद लखन गाउँपालिका, ताक्लुङ्गकी ४० वर्षीया सविता लामिछाने ।

अस्पताल प्रा’ङ्गणको चिसो भुइँमा घो’प्टो परेर अक्सिजनको प्रतीक्षामा ल’डिरहेका थिए, ४२ वर्षीया सविताका श्रीमान् बाबुराम लामिछाने । उनको शरीरमा अक्सिजनको तह निकै तल झ’रिसकेको थियो । डा. अनुप बाँस्तोलाले हतार-हतार अक्सिजन चढाए ।३२ मा झरेको उनको अक्सिजनको तह केही बे’रपछि ९० मा पुग्यो ।

बाबुरामको शरीरमा जति अक्सिजनको तह घ’ट्थ्यो, त्योभन्दा बढी सविताको मुटु ढुकढुक गर्थ्यो । उनी डाक्टरसँग हारगुहार गर्थिन् । बल्लबल्ल डाक्टरले बाबुरामका लागि प्यासेजमा बेड मिलाए । तर, उनका लागि भेन्टिलेटर चाहिने थियो । जो सम्भव नै थिएन ।

२९ वैशाख (बुधबार) मा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा श्रीमान्‌लाई पुर्‍याएकी सविताले बेड र अक्सिजन नपाएपछि भोलिपल्ट बिहीबार टेकुमा पुर्‍याएकी थिइन् । तर, सोही दिन नवनियुक्त प्रधानमन्त्री केपी ओली भन्दै थिए, ‘अस्पतालहरूमा बेडको खासै कमी छैन ।

बेड एकातिर बि’रामी अर्कोतिर फर्किएको अवस्था छ । बेडमा भन्दा सुविधासम्पन्न अस्पतालमा जाने इच्छा सबैको हुन्छ, ताकि बाँ’च्न सकियोस् । त्यसकारण खा’सखास अस्पतालमा बिरामी केन्द्रित हुने र अरु ठाउँ रिक्त हुने स्थिति छ । सबै ठाउँमा बेडको उपलब्धता छ ।

बेड मात्र होइन, अक्सिजनसहितका बेडहरू । आवश्यक अन्य उपकरणसहितका बेडहरू उपलब्ध छ ।’तर, अस्पतालको प्रा’ङ्गणमा भने बेड, भेन्टिलेटर र अक्सिजन नपाएर बि’रामी ढ’लिरहेका का’रुणिक दृश्य देखिन्थे । वास्तवमा प्रधानमन्त्रीको भनाइ एकातिर अस्पतालहरूको हालत अर्कोतिर देखिन्थ्यो ।

प्राङ्गणमा को’भिडसँग जु’धिरहेका बाबुरामले मलिन स्वरमा हामीसँग भरोसा मागे, ‘श्रीमती एक्लै छिन् । मलाई बेडमा नलगेसम्म नजानू ल ।’ त्यसो त यसअघि उनीसँग न चिनजान थियो, न बो’लचाल नै भएको थियो । त्यही प्रा’ङ्गणमा भेट भएको थियो । दुःखमा उनले हामीसँग स’हारा खोजेका थिए ।

उनलाई प्रा’ङ्गणबाट बेडमा सारेपछि निस्कनै लाग्दा फेरि सविताले भनिन्, ‘आज यतै बस्न मिल्दैन ?’ उनको पी’डायुक्त आ’वाजपछि राति अबेरसम्म प्राङ्गणमै बस्यौँ । बाबुरामको स्वास्थ्यमा केही सुधार भएपछि आपत् परे फोन गर्न सु’झाएर मध्यराति हामी घर फर्किएका थियौँ ।

भोलिपल्ट !प्रातःकालमै मोबाइलमा घण्टी बज्यो । फोन थियो सविता दिदीको । ‘भाइ उहाँलाई गाह्रो भएको छ । आउन मिल्छ ?,’ उनको चीत्कार थियो । तत्कालै अस्पतालका कर्मचारीले अक्सिजन मिलाइदिपछि दिउँसो आउने बाचा दिए । फेरि १० बजे फोनमा कुरा भयो ।

उनले भनेकी थिइन्, ‘उस्तै छ तर उहाँ आ’त्तिनुभएको छ ।’ उनले ठीकै भएको संकेत दिएपछि अघिल्लो रात टेकु अस्पतालको दृश्यलाई शब्दमा उत्तार्दै थिए, ‘टेकुका डाक्टरको या’चना, ‘एक लिटर भए पनि अक्सिजन ल्याऊ, मान्छे कोल्याप्स हुन लाग्यो’ । को’ल्याप्स हुन लागेको पात्र तिनै बाबुराम थिए ।

त्यो रात बाबुराम बाँ’चेको कथा शब्दमा उतारेर टेकुतर्फ लागेँ । टेकु नपुग्दै बीचबाटोमै फोन आयो, ‘बाबुराम सर त बि’त्नुभएछ नि !’ अघिल्लो रात ‘बेडमा नलगेसम्म न’छोड्नू है’ भनेका बाबुराम सदाका लागि छोडेर गइसकेछन् । टेकु पुग्दा श्रीमतीले उनको श’वलाई पशुपति पुर्‍याएर आफैँले दा’गबत्ती दिएर अ’न्त्ये’ष्टि गरिसकेकी रहिछिन् ।

फोन सम्पर्क गर्दा उनी कुरिनघा’ट पुगेको बताइन् । आउँदा श्रीमान्‌सहित आएकी सविता फ’र्किंदा एक्लै फर्किएकी थिइन् । अघिसम्म रातो पहिरनमा रहेकी सविताको रूप नै फेरियो । उनले श्रीमान् गुमाइन् । देशले एउटा कर्मठ शिक्षक गु’मायो । बाबुराम सर सिंजाली माध्यमिक विद्यालय गोरखाका सहायक प्रधानाध्यापक थिए ।

‘बाबुराम सर सबैको प्रिय हुनुहुन्थ्यो । सधैँ हास्नुपर्थ्यो’, पूर्वविद्यार्थी विन्दु परियार भन्छिन्, ‘विद्यार्थीसँग साथीको व्य’वहार गर्नुहुन्थ्यो । उहाँको नि’धनको खबरले स्त’ब्ध भएकी छु ।’पर्सिपल्ट !फोन सम्पर्कमा आएकी सविताले भनिन्, ‘श्रीमान्‌को को’भिडको रिपोर्ट त आज बिहान आयो । पोजिटिभ ।’

२८ गते गाउँपालिकाले परीक्षणका लागि स्वाब लिएको थियो । तर, उनको रिपोर्ट ५ दिनपछि आयो । जति बेला बाबुराम यो संसारमै थिएनन् । को’भिडको रिपोर्ट नभएकाले नै टेकुबाट उनले श्रीमान्‌को शव लिएर अ’न्त्ये’ष्टि गरेकी रहिछिन् । ‘१० बजे तपाईंसँग कुरा भयो । ११ बजे श्रीमान् बि’त्नुभयो ।

केही सोच्न सकिनँ । राजु धिताल भाइको सहयोगमा पशुपति पुर्‍याएँ’, उनी भन्छिन्, ‘कसरी व्यक्त गरौँ मेरो दुःख । तीन/चार जना आउनुभएको थियो । को’भिडको भनेर कसैले छुन मानेनन् । मेरो श्रीमान्‌को काम म आफैँ गर्छु भनेर दा’गबत्ती दिएँ । निको बनाउन काठमाडौं लगेको दा’गबत्ती दिएर गाउँ फर्किएँ ।’

गाउँ फर्किन उनले गाडीसमेत पाइनन् । ‘काठमाडौंबाट राजु भाइले कुरिनघा’टसम्म पुर्‍याउनुभयो । कुरिनघा’टमा गाउँबाट लिन आउनुभएको रहेछ । को’रोना भनेर गाडी चढाउने कोही भएनन्’, उनी भन्छिन्, ‘हिँडेर राति १ बजेतिर घर पुगेकी थिएँ ।’घरमा दुईवटी छोरी बाबा र ममीको प्र’तीक्षामा थिए ।

छोरीलाई समेत उनीले बाबा बि’तेको खबर सुनाउन सकिनन् । ‘बाबा निको भएर घर फर्किन लागेको भन्नुभएको थियो’, छोरी कृति भन्छिन्, ‘कुरिनघा’ट आइपुगेपछि फोन गर्दा ममीले बाबा त हुनुहुन्न भन्नुभयो । हामीले सम्हाल्नै सकेनौँ ।’बाबुराम मात्र होइन । उनको परिवारमा अन्य सदस्यलाई पनि को’रोनाले भेटेको रहेछ ।

काठमाडौं आउनु अघिल्लो दिन बाबुरामले दिदीलाई पनि गु’माएका रहेछन् ।‘१६ वैशाखमा भान्जीको बिहे थियो । १७ गते कान्छो ससुराको छोराको । बिहेमा सबै काम उहाँले नै गर्नुभयो । हाम्रो घरमा ठूलो दशा रहेछ । २७ गते दिदी (भान्जीको ममी) बित्नुभयो’, सविता भन्छिन्, ‘सासूआमा र जापानबाट आउनुभएका देवरको काठमाडौंमै उपचार भइरहेको छ ।’

आज सविताको घरमा स’न्नाटा छ । ‘को’रोना भनेर कोही आउनुभएको छैन । दुईवटी छोरी र म मात्र छौँ । महिलाले पनि गर्न हुन्छ । १३ दिनसम्म गर्नुपर्ने काज किरिया आफैँ गर्छु’, हि’म्मत जु’टाउँदै उनी भन्छिन्, ‘घरको मात्र होइन, गाउँकै दि’यो नि’भेको छ ।’

काठमाडौंमा घर बनाउने र छोरीहरूलाई पढाउने बाबुरामको सपना भने अ’धुरै रह्यो । छोरीहरूलाई पढाउनकै लागि काठमाडौंको गो’लढुंगामा चार आना जग्गामा ११ वैशाखमा जग हा’लेर घर फर्किएका रहेछन्, बाबुराम । ‘गाउँको घर पनि सडक बनाउन भनेर डोजरले भ’त्कायो ।

अब काठमाडौंमै बस्ने भनेर अ’स्ति मात्र जग हा’लेको थियो । १८–१९ गते फेरि घर बनाउन काठमाडौं आउने तयारी थियो । अब कति दुःख पाउने हो थाहा छैन । घरमा बाइक छ, अब त्यो के काम ?’, उनी वि’लाप गर्छिन् । बाबालाई सामान्य रु’घाखोकी लाग्दा पनि गाउँलेले धारामा पानी लिन न’आइज भनेर घृणा गरेको छोरी कृतिले दु:खेसो पोखिन् ।

‘आफूलाई भन्दा बढी परिवारलाई माया गर्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘अस्पतालको ला’पर्बाहीले सानै उमेरमा बाबाले छो’डेर जानुभयो । बाबाको मायालाई भु’ल्न सक्दैनौँ । उहाँको सपना अब ममी र हामी मिलेर पूरा गर्छौं ।’ शिलापत्रमा दिनेश गौतमले लेखेका छन् । भिडियो यहाँ छ

प्रतिकृया दिनुहोस्