Thursday, December 2

भोलि मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय

July 12, 2021 283

जिल्लाको भानु नगरपालिकाले भानु जयन्तीको उपलक्ष्यमा भोलि मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।नगरपालिकास्थित सबै सरकारी कार्यालय, शैक्षिक

संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिनुभएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।स्वदेश तथा विदेशी साहित्यकारहरुको

समेत जमघट गरेर भानु जयन्ती साताव्यापी रुपमा मनाउँदै आएकामा यस वर्ष कोरोना सङ्क्रमणका कारण २०८औँ भानुजयन्ती एक दिन मात्रै मनाइने भएको छ । भानु नगरपालिका–४ चुँदीरम्घा बँेसीस्थित भानुजन्मस्थल विकास समितिको कार्यालयमा भोलि बिहान भानुप्रति श्रद्धाञ्जलि तथा साहित्यिक रचना वाचन कार्यक्रम राखिएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्