Monday, October 25

सूर्यको राशि परिवर्तन, यी तीन राशिलाई धेरै शुभ !

July 13, 2021 274

काठमाडौँ – धार्मिक र ज्योतिषीय दृष्टिबाट संक्रान्तिलाई विशेष रुप्प्मा हेर्ने गरिन्छ। सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गरेपछि त्यस दिनलाई संक्रान्तिको रुपमा मनाउने चलन छ। सूर्यले गर्ने राशि परिवर्तनकै आधारमा विक्रम संवतको नयाँ महिना शुरु पनि हुने गर्छ।

सूर्यले आउने केहि दिनमा राशि परिवर्तन गर्दैछ। हाल मिथुन राशिमा रहेको सूर्य जुलाई १६ तारिखका दिन बिहान ५ बजेर २४ मिनेट पश्चात कर्कट राशिमा प्रवेश गर्नेछ। सूर्यले राशि परिवर्तन गरेसँगै कर्कट संक्रान्ति अर्थात् साउने संक्रान्ति शुरु हुनेछ।

सूर्यले राशि परिवर्तन गर्दा सम्पूर्ण राशिमा प्रभाव पर्नेछ। सूर्यको राशि परिवर्तनले केहि राशिलाई सकारात्मक प्रभाव पार्नेछ भने केहिलाई नकारात्मक। ज्योतिषीहरुका अनुसार अब हुने सूर्यको राशि परिवर्तनले निम्न ४ राशिलाई नकारात्मक प्रभाव पार्नेछ।

धनु राशि

सूर्यको राशि परिवर्तनसँगै धनु राशि हुनेहरुको जीवनमा अनेक चुनौती थप हुँदै जानेछन्। सामान्य भन्दा सामान्य कार्य समेत समयमा सम्पन्न नहुँदा मन अशान्त रहनेछ। काम दोहोर्याउन पर्नेछ। स्वास्थ्यमा समेत समस्या देखिन सक्ने हुँदा सतर्क रहनु होला। यात्राको अवसर जुरेपनि त्यसले सोचेजस्तो लाभ भने दिलाउन सकेन देखिँदैन। बोलिमा नियन्त्रण राख्नु होला।

मकर राशि

सूर्यको राशि परिवर्तन मकर राशि हुनेहरुका लागि खासै लाभदायक रहने देखिँदैन। परिवारमा कलह बढ्नेछ भने जीवनसाथीसंगको दूरी पनि बढ्नेछ। साना-साना कुरामा रिस बढ्नेछ। आफ्नै भनिएकाहरुबाट धोका मिल्न सक्ने हुँदा सतर्क रहनु होला। आर्थिक रुपमा पनि सूर्यको नकारात्मक प्रभाव रहन सक्ला। आफ्नै व्यवहारका कारण लज्जित हुनुपर्ला।

मीन राशि

सूर्यको राशि परिवर्तनले मीन राशि हुनेहरुको जीवनमा अलि बढी नै नकारत्मक प्रभाव पार्नेछ। सूर्यको गोचरसँगै शत्रु हावी भएर जानेछन्। अरुको षड्यन्त्रमा नपर्नको लागि हदै सम्मको सावधानी आवश्यक पर्नेछ। बोलिका कारण बन्न लागेका काम समेत बिग्रिन सक्ने देखिन्छ। क्रोधलाई नियन्त्रणमा राख्नु होला। आर्थिक लेनदेन देखि पनि टाढा रहेकै राम्रो होला।

प्रतिकृया दिनुहोस्