Sunday, September 19

ज्योतिष शास्त्र : कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ?

July 13, 2021 301

ज्योतिष शास्त्रीहरुले मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानका विषयमा फलादेश गर्छन् ।शास्त्रलाई आधार मानिर गरिने यस्ता फलादेशमा कतिपयले विश्वास मान्छन्

कतिपयले विश्वान नलाग्ने बताए पनि चिना हेराउने, हात हेराउने, दैनिक राशिफल हेर्न भने पछि परेका हुँदैनन् ।आज हामीले जन्मेको महिना अनुसार महिलाको स्वभाव पनि निर्धारण हुने ज्योतिषीय फलादेश केही प्रस्तुत गरेका छौं ।कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने विषयमा ज्याेतिषीहरुका फलादेश यस्ता छन्-

बैसाख : यो महिनामा जन्मिएका महिला प्राय धनवान, राम्रो चित्त र बिचार भएका,कम खर्च गर्ने, क्रोधवान, सुन्दर आँखा भएका हुन्छन । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेठ : जेठ महिनामा जन्मिएका महिलाहरु प्राय विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यो महिनामा जन्मिने महिलाहरु विशेषगरी नया ठाउँहरु घुम्न मनपराउने हुन्छन ।

असार : असारमा जन्मिएका महिलाहरूको प्राय नरम र मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

साउन : साउन महिनामा जन्मिएका महिलाहरुले प्राय राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । विशेषगरी यो महिनामा जन्मिएका नारीहरु सहयोगी भावनाका हुन्छन । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ ।

भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यो महिनामा जन्मिएका महिलाहरु प्राय धेरै बोल्ने स्वभावका हुन्छन ।

प्रतिकृया दिनुहोस्