पोखरा । पोखरामा ९९ सहित गण्डकी प्रदेशमा शुक्रवार थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ९९ र रुपा गाउँपालिकाक १ गरी कास्कीमा १०० सहित तनहुँका १३ जना, स्याङजाका ४ जना, पर्वतका ४ जना, लमजुङका ८ जना, गोरखाका ४ जना तथा नवलपुरका ६ जनासहित प्रदेशका ७ जिल्लाका १३९ जनामा कोरोना देखिएको हो।
गण्डकीमा १० हजार ८२७ पुग्यो संक्रमितको संख्या
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ८२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १३६ जना निको भएसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार ७४ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ६ जना र तनहुँका २ जना गरी पोखरामा उपचाररत ८ संक्रमित पुरुषको कोरोनाबाट मृत्यु भएको हो।
यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३९ पुगेको छ।
प्रतिकृया दिनुहोस्