Monday, July 26

दुखी बाबाको पुकार! मेरो तीन बर्षे छोरालाई कसले देला कलेजो?

July 13, 2021 129

दिनेश रावल अहिले दुखमा छन् । उनका तीन बर्षका छोराले ऐया भन्दा उनको मुटु चसक्क हुन्छ । एक अवोध वालकले भोगेको दुखले उनलाई झन दुखी बनाएको छ । दिनेशका ३ वर्षका छोराको ‘एक्युट लिभर फेलियर’ भएको छ ।

उनी छोरो सकुशल हुने र घर फर्किने आशामा छन् । तर त्यसको लागि डाक्टरले कलेजो प्रत्यारोपण गर्नु पर्ने बताएका छन् । आफ्नो छोरालाई कलेजो दान दिएर जीवन बचाइदिन दिनेशले सबैसँग याचना गरेका छन् ।

एक्युट लिभर फेलियर भएका ३ वर्षे बालक दर्शितजंग रावलको कलेजो प्रत्यारोपणका लागि दाताको आवश्यकता रहेको परिवारले जनाएको छ । उनको कलेजो प्रत्यारोपणका लागि यस अघि नै पारिवारिक दाता तयार भए पनि दाताको कलेजो उपयुक्त नभएकाले उनको उपचार गरिरहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भनाइ छ ।

उनका लागि ‘ओ पोजिटिभ’ रगत समूह भएका दाताको खोजी भइरहेको र उनको परिवारमा त्यस्तो अन्य दाता नभएकाले नयाँ कलेजो दाता खोजी गरिएको हो । हाल टिचिङ बाल अस्पताल मेडिकल सपोर्टमा रहेका रावलको लागि आगामी १५ दिनभित्र नयाँ दाता खोजी गरेर कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै दर्शितजंग रावलका पिता दिनेश रावलले सबैसँग आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्