Sunday, July 25

प्रधानमन्त्रीको सपथ ग्रहण गर्न बूढानीलकण्ठबाट शितलनिवास जाने तयारीमा देउवा

July 13, 2021 137

काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सपथ लिन बूढानीलकण्ठबाट शीतलनिवास जान लाग्नुभएको छ ।
सोमबारको सर्वाेच्च अदालतको आदेशससँगै नवनियुक्त प्रधानमन्त्री देउवा सपथ ग्रहणका लागि बूढानीलकण्ठबाट शितलनिवासतर्फ जान लाग्नुभएको हो ।

मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको सपथ ग्रहणको तयारी गरिए पनि केही ढिलाई भएको छ ।
अहिले बूढानीलण्ठमा मुसलधारे पानी परिरहेको छ । ६ बजे नै प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भनिए पनि केही ढिलाई भएको छ
महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले सुजिताको हत्या तथा शव लुकाउनेमा संलग्न देवर रुपेश सहित चारजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका पतिराम ठाकुरका छोरा २९ वर्षीय रुपेश ठाकुर, रामचन्द्र मण्डलका छोरा बर्ष ३७ का बण्ठा भन्ने किशोरी मण्डल, हकिम कवारीका छोरा बर्ष ३३ का मुल्ला भन्ने आदम राईन, रामचन्द्र मण्डलका छोरा बर्ष ३२ का नथुनि मण्डल रहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

रुपेश सुजिताकी देवर हुन् । सुजिताको हत्यामा देवर रुपेशको मात्र संलग्नता देखिएको डीएसपी विष्टले बताए । अन्य तीनजनाको शव स्थानान्तरण गरी लुकाउनेमा संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

सुजिताकी श्रीमान ३१ वर्षीय मुकेश ठाकुरको घटनामा कुनै संलग्नता नदेखिएपछि उनलाई छाडिएको छ । उनलाई सुजिताकी बुबा पीपरा गाउँपालिका वडा नं। ६ रतौली बस्ने कामेश्वर पाण्डेलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

रुपेशले एकलै गरे हत्या, यसरी लुकाए शव

प्रहरीका अनुसार सुजिताको हत्या जेठ २० गते बिहान ८(९ बजेको बिचमा नै देवर रुपेशले गरेको अनुसन्धानबाट खुलेको छ । देवर रुपेशले सुजिताको कोठा भित्र घित्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाई घाटी समेत थिची हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको डीएसपी विष्टले बताए ।

सुजिताको हत्या पश्चात दिनभरी शवलाई सुजिताकै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेको थियो । राति साढे ८ देखि ९ बजेको बिचमा आफ्नै ट्याक्टरमा सुजिताको शव राखेर घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको आफ्नै खेतमा खाल्टो खनि गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । शव गाडेको भोलिपल्ट सा ठाउँमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो ।

अरुले थाहा पाउने देखेपछि जेठ २९ गते मध्यराती पुनः शव खनेर निकाली घरबाट ५ सयमिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोलपम्पसंग जोडिएको आफ्नै चिरान मिलको गोदामको जग्गाको उत्तरतर्फको भागमा निर्माणाधिन सेफ्टि ट्याङकीमा ४ फिट गहिरो खाल्डो खनि शव पुन गाडेको थियो । शव गाडेर माथिबाट ६ ईन्च मोटो सिमेन्ट बालुवाले ढलान गरी माथिल्लो भागमा काठको गोलियाहरु राखेको थियो । पहिले शव गाठेको स्थानमा भोलीपल्ट पुनः खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो ।

जेठ २० गतेदेखि बेपत्ता भएकी सुजिताको शवको अवशेष असार १३ गते खेतमा खाल्डो खनेपछि फेला परेको थियो । खोजविनको क्रममा असार २७ गते बिहान घरबाट ५ सय मिटर पर आफ्नै काठचिरान मिलको नजिक निर्माणाधिन पेट्रोल पम्पको छेउमा शौचालयको सेफ्टी ट्यांकीमा खाल्डो खनी गाडेर माथिबाट पलास्टर गरेको अवस्थामा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्