Thursday, December 2

कस्ता व्यक्तिले कुन दिशामा शिर फर्काएर सुत्दा राम्रो ?

May 17, 2021 391

काठमाडौँ । सयन कक्ष पूजा गर्ने स्थानमा हुनुहुँदैन। शयनकक्ष पूर्व हुनुलाई शुभ मानिन्छ। यसले नियन्त्रण शक्तिमा वृद्धि हुन्छ। धन,सम्पत्तिको चाहना राख्नेहरूले अन्न, गृह, गुरू, अग्नि र देवताको स्थानमाथि सुत्नुहुँदैन।

घरका अग्रजहरूको कोठा पश्चिम,दक्षिणतर्फ बनाउनुपर्छ। आफूभन्दा सानाको कोठा पूर्व वा उत्तरतिर बनाउनुपर्छ। यसो गर्दा सम्बन्धमा सहजता उत्पन्न हुन्छ।

सधै पूर्व वा दक्षिणतर्फ सिरानी गरी सुत्नुपर्छ। पूर्वतर्फ शिर गरेर सुत्नाले विद्या प्राप्त हुन्छ। दक्षिणतर्फ शिर गरी सुत्दा धन तथा आयु वृद्धि हुन्छ। पश्चिमतर्फ शिर गरी सुत्दा चिन्ता बढ्छ। उत्तरतर्फ शिर गरी सुत्दा आयु घट्छ।

कुन दिशामा शिर फर्काएर सुत्दा राम्रो ?

गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्छ।

बच्चा, अविवाहित अथवा पाहुनाको लागि पूर्व दिशामा शयनकक्ष हुनुपर्छ । तर यस्तो कक्षमा नव–विवाहित जोडिले भने बस्न हुँदैन।

विद्यार्थीहरुको लागि पूर्वमा शिरान गर्नु उत्तम मनिन्छ ।

यदि दक्षिण दिशामा शिरानी राख्न सम्भव हुँदैन भने पश्चिमतर्फ राख्न सकिन्छ ।

अन्य दिशामा पलङ्ग र शिरानी राख्नाले बुद्धि सञ्चालन ठीकसँग हुन पाउँदैन।

उत्तर दिशातर्फ शिर गरेर कदापि सुत्नु हुँदैन।

प्रतिकृया दिनुहोस्