Monday, July 26

छोरीको बाटो हेर्दै आमा भन्छिन्- ‘न कटर खान पाइ, न कुर्था नै लगाउन पाइ’

July 17, 2021 128

गत आइतवार ४ बजेतिर अफिसबाट फर्किएकी सिर्जना बस्नेत सोमवार विहान आफै बसेको घरमुनी अर्धन-ग्न अवस्थामा फेला परिन् ।आफ्नै डेरा मुन्तिर अर्धन-ग्न अवस्थामा फेला परेकी सिर्जनालाई मर्निङवाकमा हिड्नेले पहिलो पटक देखे ।उनको श-व घरमुनी लडिरहेको थियो, गाउँभरमा धेरैले थाहा पाइसकेका थिए ।

तर, सिर्जनाको परिवारले थाहा पाएको थिएन ।उनकी आमा सबेरै उठेर बाहिर हेर्दा मान्छे जम्मा भएको देखेपनि अन्य दिन सरह हिडडुल गर्नेहरु होलान भन्ने लागेर फेरि ढल्किइन् ।आमाले भनिन्, गाउँलेले हल्ला गर्दै, तिम्रो छोरी भुइमा छिन भन्दा मात्रै आफु आत्तिएर तल पुगेछु । त्यसपछि छोरोलाई उठाए ।

अर्जुनधारा –११ घर भई बिर्तामोड –५ स्थित सुगम पेट्रोल पम्प उत्तर परिवारसँग बस्दै आएकी सिर्जनाको रह-स्यमय मृत्यू भएको पाँच दिन भइसकेको छ ।परिवारले न्यायको अपेक्षा गर्दै काज-क्रिया गरिरहेको छ । साँझमा राम्रैसँग बनाईतुल्याई खाएर सुतेको परिवारमा कसरी बज्रपात आइप¥यो ?

प्रहरीले अवश्य पत्ता लगाउँला । अवेरसम्म आमासँगै दोस्रो तलमा गफ गरेर बसेकी सिर्जनालाई आमाले नै ९ बजेतिर सुत्न पठाएकी थिइन् ।आमाले भनिन्, आमा छोरी धेरै बेरसम्म बसिम् । मैले नै सुत्न जा भन्दै उसको कोठा पठाएको थिए ।लामो समयदेखी बिर्तामोडमा सहकारीमा संकलकको रुपमा कार्यरत सिर्जना भद्र र शालिन व्यवहारकी थिइन् ।

उनले आ त्मह -त्या गरिन् भन्दा कसैले पत्याउने अवस्था छैन । यदि त्यस्तो कसैले भन्छ भने, त्यो झुट हुनेछ ।काजक्रियामा बसेकी आमाको आखाँ अझै छोरी आउने बाटोतिरै छ । हरेक दिन ३ देखी ४ बजेभित्र छोरी अफिसबाट घर फर्किन्थी, सधैं प्यासेजबाट छोरीलाई पर्खिरहेको हुन्थे, आमा भन्छिन् – अब मेरो छोरी कहिले आउँदिन ।

आइतवारका दिन घर आएपछि सिर्जनाले कटर किनेकी थिइन् । उनलाई कटर धेरै मनपर्ने । सोमवार छुट्टि हुने भएकाले दिनभरी कटर खाँदै बस्ने योजना सिर्जनाको थियो ।त्यहि दिन एक जोर कुर्था सुरुवाल पनि किनेर ल्याएकी थिइन्, सिर्जनाले । उनले नत कटर खान पाइन, नत कुर्था नै लगाउन पाइन् ।

बेलुका मासु ल्याएर रोस्ट बनाएर परिवारसँगै बसेर खाएकी सिर्जना विहान आफ्नो ओच्छ्यानमा थिनन् । अर्धन-ग्न अवस्थामा घरमुनी उनलाई भेटियो ।फेला परेको श-व हेर्दा आ-त्म ह -त्या गरे जस्तो देखिदैन । चौथो तलामा बस्ने सिर्जना यदि हा-म् नै फा-लेकी थिइन् भने उनको शरिर त्यति सग्लो हुने थिएन ।

फेरि, कसैले मुन्तीर ल्यायो कि भन्दा सबै तलाका ढोकामा लक गरिएको थियो ।प्रहरीको तालिम प्राप्त कुकुरलाई घटनास्थलमा ल्याउँदा कुकुर घरमाथिसम्म नै गएको छ । यदि सिर्जना माथिबाटै हा म्फा-लेकी हुन् भने कुकुर कसरी सिढिबाट सुग्दै–सुग्दै माथिसम्म गयो ? यो गम्भीर छ ।

बोकेर वा घि-सारेर तल झारेर राखे जस्तो देखिने उनको शरिरमाथि कसैले अप-राध त गरेन ?झापा प्रहरीले पाँच दिनको अन्तरालमा अहिलेसम्म सामान्य विवरण समेत बाहिर ल्याएको छैन । यसले घटना ग-म्भीर हुन सक्ने अनुमान लगाउन सकिन्छ ।प्रहरीका अनुसार पो-ष्ट-मार्टम रिपोट आइसकेकोछ, युवतीले लगाएको चप्पल र मोवाइल आवश्यक जाँचका लागि काठमाडौं पठाइएको छ ।इजलास दैनिक

प्रतिकृया दिनुहोस्