Wednesday, June 16

नेपालमा पनि सुरु भयो शक्तिशाली चक्रवातको प्रभाव, मौसमविद् भन्छन् सजग रहनुहोला

May 17, 2021 301

महामारी झेरीरहेको भारतमा अहिले अति शक्तिशाली चक्रपातले फेरी ठूलो समस्या उत्पन्न गराएको छ । पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात्’ अझ विकसित हुने क्रममा रहेकाले भारतमा त्यसले थप क्षती पुर्याउने आँकलन गरिएको छ । त्यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । नेपालमा प्रत्यक्ष असर नपरेपनि देशको पूवी भेगमा असर पर्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका हुन् ।

आइतवार विशेष वुलेटिन जारी गर्दै महाशाखाले सर्वसाधारणलाई सचेत गराएको हो । जसका अनुसार चक्रवातका कारण मंगलबारबाट देशका धेरै स्थानमा मौसम सामान्यदेखि पूर्णसम्म बदली हुने सम्भावना छ। बुधबार बेलुकादेखि शुक्रबारसम्म भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।

यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका पनि थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘यो सिजनमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिना(पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’ महाशाखाले जारी गरेको बुलेटिनमा भनेको छ ।

यस अवधिमा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत मौसम महाशाखाले अनुरोध गरेको छ। बुलेटिनमा भनिएको छ ‘मौसम पूर्वानुमान महाशाखाले यो चक्रवातलाई निरन्तर अनुगमन गरिरहेको हुनाले मौसम अद्यावधिक गरिरहनु होला।’न

‘चक्रवात् समुद्री तटमा रहँदासम्म त्यसको ‘ट्रयाक’ सजिलै अनुमान गर्न सकिन्छ, तर त्यो जमिनमा प्रवेश गरेपछि कुन बाटो लाग्छ भन्ने अनुमान गर्न कठिन हुने मौषमविद्ले बताएका छन् । त्यसैले यसको छिनछिनमा अपडेट गर्नुपर्ने उनीहरुको भनाई छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अरब सागरमा बनेको ‘ताउ ते’ चक्रवातले गुजरात र महारष्ट्रसहित भारतका ७ राज्यमा वि ध्वं स मच्चाउन सुरु गरेको छ।
भारतको गोवामा चक्रवातको सबैभन्दा बढी असर परेको छ। यहाँ तीव्र गतिमा हावा चलेका कारण रूखहरू ढलेका छन्।

कर्नाटकको ६ जिल्लामा यसको धेरै असर परिरहेको छ। यस जिल्लाका ७३ गाउँ चक्रवातबाट प्रभावित भएका छन्। जसका कारण राज्यमा अहिलेसम्म ४ जनाको मृ त्यु भइसकेको छ। पछिल्लो २४ घण्टायता ठूलो वर्षा भइरहेको छ।

प्रतिकृया दिनुहोस्