Monday, October 25

यो वर्षको साउन महिनामा भगवान शिवको व्रत बस्ने लाई हुनेछ विशेष फलदायी, यी राशिलाई मिल्नेछ शुभ फल।।

July 17, 2021 212

साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने चलन छ। ज्योतिष शास्त्र अनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ ।हिन्दू धर्म मान्नेहरू बीच साउने सोमबार को व्रत बस्ने चलन छ। साउने सोमबार विद्या का दृष्टिले पनि फलदायी मानिन्छ। महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ ।

हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएका ले पनि साउनमा हरियो रंग को बढी महत्व भएको मान्छन् । साउन महिनामा बढी वर्षा, झरी तथा कीटाणु को संक्रमण हुने हुँदा लुतो पनि फालिन्छ। यतिबेला वर्षा र गर्मीका कारण रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना खानु हुँदैन भनिन्छ । हिन्दू धर्ममा साउनलाई धर्म कर्मको महिनाका रूपमा लिइन्छ। यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा राम्रो फल प्राप्त हुने विश्वास छ।

सोमबार को व्रत विधि पनि अन्य व्रत जस्तै हुन्छ । यो व्रत सूर्योदयबाट प्रारम्भ भएर तेस्रो प्रहर सम्म चल्छ। तेस्रो प्रहर अर्थात् तीन बजेपछि शिवजीको पूजा गर्ने चलन छ। व्रत गरेको दिन बेलुका एक पटक सात्विक भोजन गरिन्छ। यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ।

यो पटकको साउनमा अद्भूत संयोग परेको छ। यस पटक साउनको पहिलो सोमबार साउन ४ गते परेको छ । यस हिसाबले यो वर्ष साउनमा ५ वटा सोमबार छन् । यसपाली साउन ३२ सम्म छ। ५ ओटा सोमबार पर्नु भनेको साउन महिना नै विशेष हो । साउनको ब्रतले धेरै राम्रो फल दिन्छ।त्यसै पनि यस पाली ५ ओटा सोमबार परेकोले साउन विशेष छ । साउनको ब्रत यी ६ राशि मेष राशि, वृष राशि, तुला राशि, धनु राशि, मकर राशि र मीन राशिका लागि फलदायी रहेको छ।

थप सामग्री -साउन लाग्यो, किन लगाइन्छ मेहेन्दी र हरियो चुरा?- साउनको सुरुवातसंगै अहिले अधिकाशं हिन्दु महिलाले हातमा मेहन्दी र रंगीबिरंगी चुरा लगाउने गर्छन् । अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ ।साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । साउनमा चुरापोते र कपडासँगै हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरु पनि उत्तिकै छन् ।

धार्मीक मान्यता अनुसार साउन शिवको आराधना गर्ने महिनाका रुपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर ‘भगवान शिव’लाई प्राप्त गरेको धार्मीक विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।साउनमा हरियो पहिरदाँ शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ सौभाग्यको प्रतीक हो । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयू समेत बढने धार्मीक विश्वास छ ।

प्रतिकृया दिनुहोस्