Tuesday, October 26

माधव नेपालको साथ छोडे भिम रावलले, ‘जनविरोधी राजनीतिको मतियार हुँदिन’ भन्दै सांसदवाट राजिनामाको घोषणा

July 18, 2021 214

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन् ।

आफ्नो पार्टीको आन्तरिक विवादबाट विकसित राजनीतिक घटनाक्रमका कारण एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट आइतबार राजीनामा दिएको बताएका छन् । सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन् ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । ‘‘तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले राजिनामाको घोषणा पछि पत्रकारहरुमाझ भने ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा राजीनामा बुझाउन पुगेका रावललाई नेताहरुले रोके पछि उनले नयाँ बानेश्वरस्थित संसद भवनमा गएर सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा बुझाउने भएका छन् ।

आफूले राजीनामा दिने बताएका रावलले पार्टी एकताका लागि गत असार २७ गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्न सांसद पदबाट राजीनामाको घोषणा गरेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्