Monday, October 25

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन हेलिकप्टरमार्फत् काठमाडौँ हानिए गगन थापा

July 18, 2021 164

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनका लागि नेपाली काँग्रेसका सांसद गगन थापा दमौलीबाट हेलिकप्टरमार्फत् काठमाडौं आइपुगेका छन् ।

दमौलीमा नेपाल महिला संघ व्यास नगर समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भइ उनी काठमाडौँ उडेका हुन् ।

एक्कासि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि हतार–हतार उनी विश्वासको मत दिन काठमाडौँ हानिएका हुन् ।

पोखरामा दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिमा सहभागी भइ गाडीमार्फत् उनी दमौली आएका थिए।

दमौलीमा भएको नेपाली काँग्रेसको १४ औं महाअधिबेशनमा महिलाको भूमिका चुनौती र अवसर बिषयक प्रशिक्षण एवम अन्तक्रिया कार्यक्रममा उनले सहभागिता जनाएका थिए।

प्रतिकृया दिनुहोस्