Monday, October 25

मेरी बास्सैकी ‘चम्सुरी’ को अस्पतालको शैयामा रुवाबासी, जीवन बचाईदिन अनुरोध (भिडियो)

July 18, 2021 149

कलाकार पल्पसा डंगोल काठमाडौँको महाराजगंजस्थित शिक्षण अस्पताल भर्ना भएकी छन । उनलाई मृगौलामा देखिएको स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएको हो । उनको वास्तविक नाम पल्पसा डंगोल भएपनि आम दर्शकले उनलाई चम्सुरीको नामले चिन्दै आएका छन । कलाकार तथा निर्देशक दीपाश्री निरौलाका अनुसार केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी पल्पसाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

कलाकार डंगोलले ५ वर्षदेखि उपचार खर्च टार्दै आएपनि २ महिना देखि आफूलाई अत्यन्तै संकट परेको दीपाश्रीसँग भक्कानिँदै सुनाएकी छिन् । ‘छोरीहरुको भविष्यको लागि संघर्ष गर्दा गर्दै मेरो किड्नी फेल भएको पत्तै पाइन। मलाई बचाउने कोही भएन संसारमा मलाई कसैले किड्नी दिएपनि बाँच्ने थिएँ, अकालमा मेरो ज्या.न जाँदैन थियो होला ।’ – अस्पतालको सैयाबाट उनले बताइन । उनलाई आर्थिक संकट परेको बेला यदि कसैले सहयोग गर्न चाहेमा उनको सम्पर्क नम्बर ९८०३१३३६६९ रहेको छ ।

दिपाश्रीका अनुसार डंगोलको मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाह रहेको छ । हाल उनले डायोलोसिस गरिरहेकी छन । सामाजिक संजालमा अस्पतालको सैयामा रहेकी डंगोलको तस्विर सार्बजनिक गर्दै दिपाश्रीले सबै मिलेर साथ र सुस्वास्थ्यको कामना गरौ भनेकी छन । उनि लेक्छिन – ‘कलाकार पल्पसा डंगोल हाम्री चम्सुरी शिक्षण अस्पतालमा मृगौलामा समस्या भएर ३०५ नम्बर बेडमा छिन, हामी सबै मिलेर साथ र सुस्वास्थ्य को कामना गरौ ।’
काठमाडौ । उनी मृगौलामा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी मेरी बास्सै बाट चम्सुरी नामले चिनिएकी डंगोललाई भेट्न धेरै कलाकारहरु अस्पताल पुगेका छन् । उनले आफुलाई पैसा भन्दा पनि किड्नीको आवश्यकता भएको बताएकी छन् ।

तेरो लागि हामी छौं चिन्ता नमान भन्दै सम्झाउन पुगेका हाँस्य कलाकार किरण केसी समक्ष उनले आफ्ना नाममा कसैले पनि पैसा नउठाउन पनि भनेकी छन् । कलाकारहरुले पैसा मागे भन्छन् म सबैलाई स्पष्ट पार्न चाहन्छु मलाई पैसा होइन किड्नी चाहिएको हो । उनले केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी थिइन् ।

उनको अब मृगौला प्रत्यारोपण गर्नुपर्ने भएका कारण उनले यस्तो आग्रह गरेकी हुन् । दुवै मिर्गौला फेल भएर अस्पताल भर्ना भएको थाहाँ भएपछि सबै कलकारले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले अरुले जसरी सहयोग भन्दै चन्दा उठाउने अभियान चाल्छन् त्यसरी पैसा नउठाउन भनेकी छन् । उनले आफ्नो श्रीमान विदेशमा भएको र उनी आउन पनि नआउन पनि सक्ने बताएकी छन् ।

उनको बारे म केही भन्न सक्दिन, उनी विदेशमा छन् आउन पनि सक्छन् नआउन पनि सक्छन् । अस्पतालको बेडमा रहेकी चम्सुरीलाई भेट गर्न शनिवार कलाकार दीपाश्री निरौला पुगेकी थिइन् । भेटपछि कलाकार निरौलाले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी छिन् । आइतवार थुप्रै हाँस्य कलाकारहरु उनलाई अस्पतालमा भेट्न पुगेका थिए

प्रतिकृया दिनुहोस्