Sunday, December 5

पूजा शर्माको वाचा : जब सम्म श्वास रहन्छ आकाशलाई मेरो साथ रहन्छ

July 18, 2021 418

काठमाडौं । नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको प्रेम चर्चाले सामाजिक संजाल रंगिएको बेला आज एक कार्यक्रम बीच पूजा शर्माले आकाशलाई संधै साथ दिने वाचा गरेकी छिन ।

संगीतकार अर्जुन पोखरेलको नयाँ गित ‘धर्ती आकाश’ को भिडियो रिलिज कार्यक्रममा बोल्दै पूजा शर्माले भनिन्, “जब सम्म मेरो श्वास रहन्छ आकाश र पूजाको साथ रहन्छ ।” यत्ति भन्दै गर्दा आकाश श्रेष्ठ लजाए भने पूजा शर्मा भावुक बनेकी थिईन ।

पूजा शर्माको पहिलो रोजाईमा आकाश श्रेष्ठ पर्ने हुँदा पनि यी दुईको प्रेम चर्चाको धेरै नै गसिपहरु बन्ने गरिरहेको हुन्छ । पूजा र आकाशका फ्यानहरु समेत यी दुईलाई रियल लाईफ मै जोडीको रुपमा हेर्न चाहन्छन । तर यी दुईले आफू प्रेममा रहेको वा नरहेको भन्ने खुलाएका छैनन् ।

आज पूजा शर्माले गरेको वाचाले यी दुई बीच प्रेम रहेको कुरा केहि हद सम्म खुलाएको छ तर यो प्रेम मित्रताको मात्र हो कि रियल जोडीको रुपमा हो भन्ने खुल्न बाँकी नै छ ।

प्रतिकृया दिनुहोस्