Sunday, September 19

रोकियो खोप अभियान :जनप्रतिनिधिका आफ्ना मान्छे चिट बोकेर पहिल्यै खोप केन्द्रमा,

July 18, 2021 184

पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान शनिबारबाट स्थगित भएको छ । ५५ वर्षका माथिका नागरिकका लागि ‘जनसन एन्ड जनसन’ को एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो । सोही अनुसार महानगरले पनि अभियान सुरु गरेको थियो ।

‘जनसन चलाउने भनेर हामीलाई मन्त्रालयबाट निर्देशन आयो । त्यही अनुसार हामीले खोप केन्द्र पनि तोक्यौं,’ महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरिलाल आचार्य भन्छन्, ‘पछि जनसन नचलाउने भनेर जानकारी आएपछि भेरोसेल नै लगायौं ।’ भेरोसेल खोप सकिएपछि खोप अभियान रोकिएको हो।

पोखरा १८ देखि ३३ वडाबाहेक अन्य वडाका ५५ वर्ष माथिका उमेर समूहले जनसन खोप दिने तयारी छ ।
कतिवय वडामा ६२ देखि माथिका उमेर समूहका लागि आएको खोप समेत २०/२२ उमेर समूहले लगाएको सार्वजनिक नै भइसकेको छ । लक्षित वर्गलाई आएको खोप भनसुनका आधारमा अरुले लगाउँदा खोप अभाव हुन गएको महाशाखाको भनाइ छ ।

खोप केन्द्रमा भिडैभिड, आफ्ना मान्छे पहिले !
सरकारले ५५ वर्षमाथिका जेष्ठ नागरिकका साथै शिक्षकशिक्षिक, सार्वजनिक गाडीका चालक सहचालक, अत्यावश्यक सेवाका कर्मचारी लगायतलाई खोप दिने व्यवस्था मिलाएको थियो ।
योजना बमोजिम पोखरा महानगर स्वास्थ्य महाशाखाले विभिन्न केन्द्र तोकेर खोप लगाउने व्यवस्था मिलाएको थियो । तर, खोप केन्द्रको अवस्था भने अस्तव्यस्त बनेको थियो । लक्षित वर्ग नै लामो समय लाइन बसेर पनि खोप नपाउने स्थिति बनेको थियो । जनप्रतिनिधिका आफ्ना मान्छे ‘चिट’ बोकेर पहिल्यै खोप केन्द्र धाइरहेका थिए ।****** थप समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्