Sunday, July 25

सुजिता भण्डारीको अ’न्तिम स’स्कार;आमाको भक्कानो छुट्यो (भिडियो सहित)

July 19, 2021 112

चितवनको राप्ती नगरपालिका–२ की २३ वर्षीया सुजिता भण्डारीको श’व परिवारले बु झेको छ । पोष्टमार्टमका लागि काठमाडौंमा रहेको श’व परिवारले आज बु झेको हो । चितवन प्रहरीले परिवारले श’व बुझेर चितवन ल्याउन लागेको जानकारी दिएको छ । यसअघि परिवारले छोरीको ह’त्या’रा पत्ता नलागेसम्म श’व नबुझ्ने अडानमा थियो ।

स्थानीयबासीहरुले पनि तत्काल श’व बुझ्न नहुने पक्षमा थियो । तर चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिँदै आएपछि अन्ततः परिवारले श’व बुझ्न राजी भएको हो ।

प्रहरीका एक अधिकारीका अनुसार भिसेराको रिपोर्ट आईनसकेको तर एक साता भित्र सत्यतथ्य सार्वजनिक हुने बताएका छन् । गत असार ११ गते तरकारी लिन जान्छु भनेर निस्किएकी सुजिता २० गते घरभन्दा करिव ४/५ किलो मिटरको दुरीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा कु’हिन लागेको अवस्थामा श’व फेला परेको थियो ।

त्यसपश्चात आक्रोशित स्थानीयबासीले पोष्टमार्टमका लागि लैजादै गरेको शव स्थानीयले बाटोमै रोकेका थिए । त्यसदिन साँझ मात्रै सुजिताको श’व पोष्टमार्टमका लागि काठमाडौं पठाइएको थियो । अर्को दिन पुनः आ’न्दोलन चर्किए’पछि चितवन प्रशासनले क’फ्र्यु लगाउन बाध्य भएको थियो ।

प्रतिकृया दिनुहोस्