Sunday, July 25

फेरि अर्को दुखको खबर ! घरबाटै १६ वर्षिया सुप्रिया नेपाल हिजो देखि बेपत्ता

July 19, 2021 155

नेपालमा अहिले दिनदिनै महिला चेलीहरुको हराउने र केही दिनमा मृ’त अव’स्थामा फे’ला परेका समाचारहरु सुन्दै र पढ्दै आइरहरका छौ । यस्तैमा फेरि एक १६ वर्षिया सुप्रिया नाम गरेकि बालिका हिजो देखि हराए’कि छिन् ।

आवर बिराटनगर नामक अनलाईन मिडियाबाट बालिका हराएको सुचना प्रकाशित भएको छ । बालिकालाई कसैले देख्नु भयो भने नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।

दुहबी बडा नं ३ स्थित घरबाटै १६ वर्षिया सुप्रिया नेपाल (पुस्तिका) हिजो आइतबार साउन ३ गतेदेखि हराएको हुँदा कतै देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी चौंकी वा दिईएको सम्पर्क नम्बरमा परिवारलाई खबर गरिदिनु हुन अनुरोध छ । सम्पर्क: 9819026309, 9817909479

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारको दोश्रो साताबाट स्माट्र निषेधाज्ञा हुँदै खुल्ने क्रममा छ। तर यो संगै संक्रमितको संख्या पनि बढ्दै जान थालेको छ । यो अवस्थामा अब काठमाडौमा जारी रहेको निषेधाज्ञा के हुन्छ भन्ने जिज्ञासा पनि उत्तिकै छ ।

प्रमुख जिल्ला अधिकारीहरुले यस विषयमा अहिले कुनै छलफल सुरु नभएको जनाएका छन् । तर संक्रमितको संख्या बढ्दै गएका कारण फेरी पनि निषेधाज्ञा थप्न सकिने संभावना भने ब्यक्त गरेका छन् । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कोरोनाको संक्रमणदर बढेपछि निषेधाज्ञामा जान सकिने तर्फ संकेत गरेका हुन् ।

प्रजिअ निरौलाले भने, ‘कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा हुन सक्छ। हालसम्म प्रशासनले यस विषयमा छलफल गरेको छैन। हामी असारको ३०र३१ गते बसेर यस विषयमा छलफल गर्छौं।’ आइतबार पनि काठमाडौं उपत्यकामा ३९१ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १८३१ संक्रमित थपिँदा ३९१ जना उपत्यकामा थपिएका हुन्।

हिजो शनिबार उयत्यकामा ४१९ संक्रमित थपिएका थिए। आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ छन्। दैनिक नमुना परीक्षण गरिएकामध्ये करिब २२ प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको मन्त्रालयले जनाएको छ। जोखिम यथावत रहेकाले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्