Monday, October 25

काठमाण्डौंमा बज्यो खतरा’को घ’ण्टी ! ज्यान गुमाउनेको संख्या एक्का’सी बढ्न थाल्यो

July 20, 2021 173

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, ललितपुरमा १४७ र भक्तपुरमा ४१ जना कोरोना संक्रमित थपिएका हुन् । यसअघि काठमाडौँ उपत्यकामा हिजो सोमबार ४७४ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ ।

यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्