Saturday, September 25

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने

July 20, 2021 124

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् ।

भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।

परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ । देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

सुनको व्यापार प्रकरणमा प्रवर्तन निदेशालयको अनुसन्धानको क्रममा रहेका राज कुन्द्रालाई पक्राउ गरिसकेपछि मुम्बई पुलिसले उनकी श्रीमती शिल्पा शेट्टीलाई सोधपुछको तयारी गरिसकेको छ । मुम्बई प्रहरीले थाहा पाएको छ कि शिल्पा शेट्टीले १४ बर्षदेखि फिल्मबाट टाढा भएर पति राज कुन्द्राको ब्यापारमा साथ दिइरहेकी छिन् ।

पतिसँगको उनको व्यापारिक साझेदारीका कारण पनि उनीहरुको लगातार आर्थिक बृद्धि भएको हो । शिल्पा शेट्टीले आफ्नो आयलाई युट्यूब, इन्स्टाग्राम र अन्य सोशल मिडियामा आफ्नो उपस्थितिका कारण भएको बताएकी छिन् । उनीसँग एक दर्जन ब्राण्ड विज्ञापनहरू पनि छन् । तर प्रहरीका अनुसार राज कुन्द्राका हरेक ब्यापारमा शिल्पाको सहभागिता र साझेदारी हुने गरेको छ । यी ब्यवसायहरु शिल्पाको निर्णय बिना अघि बढेका होइनन् ।

शिल्पा शेट्टीका पति राज कुन्द्रा अहिले पक्राउ परेका छन् । कुन्द्रा पक्राउ परेको घटनाले बलिउड तरंगित भएको छ । चर्चित व्यापारी कुन्द्रालाई मुम्बई क्राइम ब्रान्चले सोमबार अबेर राति पक्राउ गरेको भारतीय मिडियाले जनाएका छन् । उनीमाथि अ श्ली ल चलचित्र बनाउने र केहीलाई एप्समा देखाएको आरोप छ ।

राजलाई मंगलबार बिहान स्थानीय समयअनुसार ११ बजे अदालतमा पेश गरेको पनि जनाइएको छ । यसअघि कुन्द्रालाई बिहान ४ः१५ बजे जेजे अस्पतालबाट मुम्बई कमिशनर प्रहरी कार्यालयमा ल्याइएको थियो । मुम्बई प्रहरीले राज कुन्द्रासहित ११ जनालाई पक्राउ गरेको हो । फरवरी २१ मा कुन्द्र विरुद्ध उजुरी परेको थियो । उनलाई निकै लामो समय सम्म सोधपुछ गरेर प्रहरीले पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्