Saturday, May 28

विहिवार विहान काठमाडौको सडकमा देखिएको अनौठो दृष्य, जसले सबैलाई अचम्म बनायो !

July 22, 2021 188

काठमाडौं । भाडा समायोजन र खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् । भाडा समायोजन र खोपलगायतका सात बुँदे माग राख्दै यातायात व्यवसायीले काठमाडौँमा सवारीसाधनसहित र्‍याली निकालेका छन् । उपत्यकाको चक्रपथमा निकालिएको र्‍यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो ।

ट्याक्सिदेखि सबै प्रकारका सार्वजनिक यातायातको र्‍यालीका ट्राफिक जामको समस्या पनि देखिएको हो । सार्वजनिक यातायात केन्द्रीय महासंघले खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै बिरोध जनाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उपमहासचिव रामहरी श्रेष्ठले आफुहरूले पटक पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर बिरोधमा उत्रनुपरेको बताए ।भाडा समायोजन गर्दा वैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको उनको गुनासो छ ।

त्यस्तै ट्याक्सी व्यवसायीले न्युनतम भाडा वृद्धि गर्नुपर्ने माग गरेका छन् । व्यवसायीहरूले पहिलो चरणको विरोधको कार्यक्रमबाट पनि आफुहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्