Sunday, April 11

आयो खुशीको खबर अमेरिकाले गर्यो नेपाललाई यतिठुलो सहयोग अमेरिकी सरकार नेपालसँग साझदारी गर्न तयार

November 21, 2020 301


यो पनि पढ्नुहोस : निगमको घाँटीमा चिनियाँ जहाजको घाँडो
काठमाडौँ- नेपाल वायु सेवा निगमका लागि चिनियाँ जहाज उडान भर्न सुरु गरेको दिनबाटै निल्नु न ओकल्नु भयो ।

निगमको विकास र सेवा विस्तारका लागि ६ अर्ब रुपैयाँभन्दा बढी लगानीमा खरिद गरिएका ६ वटा जहाज निगमले करिब ६ वर्ष चलाउँदा निरन्तर घाटा बेहोर्नुपर्‍यो।

पाँच वर्षमा १ अर्ब ९० करोड रुपैयाँ घाटा भएपछि निगमले चीनसँग अनुदानका २ र खरिदका ४ सहित ६ वटै चिनियाँ जहाजको उडान गत साउन १५ गतेदेखि सधैँका लागि बन्द गरे ती जहाज ग्राउन्डेड गर्‍यो । चिनियाँ जहाज ग्राउन्डेड भएको साढे तीन महिना बितेको छ।जहाज ग्राउन्डेड गर्दा पनि निगमलाई सुख छैन । निगमले ती जहाजको पार्किङ र इन्सुरेन्सबापत प्रतिमहिना १ करोड २० लाख रुपैयाँभन्दा बढी रकम तिर्नु परेको छ ।

उडाए वा नउडाए पनि घाटा जहाज उडाउँदा झण्डै २ अर्ब रुपैयाँ घाटा बेहोरेको निगमले थन्क्याउँदा पनि घाटा बेहोर्नु परेको छ । सञ्चालक समितिको निर्णयअनुसार निगमले जहाज ग्राउन्डेड गरेको साढे तीन महिना बित्दा पनि जहाज व्यवस्थापनको टुङ्गो लागेको छैन

निगम स्रोतका अनुसार उडान बन्द गर्नुका अन्य कारण पनि छन् । जसमा वाई–१२ जहाज बन्द गर्नुपर्ने कारण प्रशिक्षक पाइलट उपलब्ध नहुनु, प्रशिक्षण खर्च ट्विनअटरको तुलनामा ४ गुणाभन्दा बढी हुनु, ट्रेनिङ स्लट अभाव हुँदा सधैँ जसो जहाज ग्राउन्डेड हुने अवस्था रहनु लगायतका कारण पनि छन् ।

त्यसैगरी एमए–६० जहाज बन्द गर्नुका पछाडि बारम्बारको सिमुलेटर ट्रेनिङ खर्च अन्य विमानका तुलनामा ७८ प्रतिशत बढी हुनु, टाइप रेटिङ प्रशिक्षण अन्य विमानका तुलनामा ५० प्रतिशत बढी हुनु, काठमाडौँबाहेकका अपरेटिङ सेक्टरमा करिब ३० प्रतिशतसम्मको पेलोड प्रतिबन्ध हुनुलगायत कारण छन् ।

इन्जिनियरिङतर्फ समेत समस्या देखिएको छ । निगमका सञ्चालक सदस्य पहाडीका अनुसार, जहाज मर्मतमा ओइएमको सपोर्टका लागि निगमले आफ्नो क्षमता वृद्धि गरे पनि अझै केही विशेष कामका लागि निर्माणकर्ताको आवश्यकता भए पनि जहाज कम्पनीबाट सहयोग हुन नसकेको कारणले पनि निगमले घाटा बेहोर्नु परेको हो ।

सहमतिअनुसार निगमले स्पेयर पार्ट्स प्राप्त गरे पनि तीमध्ये धेरै स्पेयर पार्ट्स चीनमा बनेकाले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध नहुनुलगायत कारणले उडान बन्द गर्नुपरेको हो ।

प्रतिकृया दिनुहोस्