Monday, October 25

बिजय भन्छन- फरमुला सिकाउँन नसके सबैको पैसा फिर्ता दिन्छु

July 24, 2021 178

आफुलाई मेमोरी किङ्ग बताउने कालिकोटका युबा बिजय शाहीको ठगिको पर्दा बिस्तारै खुल्न थालेको छ ।सिधा कुराले बिजयको ठगि धन्दाको पर्दाफास गरेपछी देशका भिभिन्न ठाउँबाट ठगिनेहरु, विद्याथीहरु सम्पर्कमा आउँन थालेका छन ।

शाही इन्स्टिच्युटको नाममा क्याम्पिएननै चलाएर बिजय शाहीले ठगि गर्ने गरेको पाइएको छ ।उनले मे’मोरी पा’वर ब’ढाईदिने भन्दै सुर्खेतमा ठ’गि गरेको सिधाकुराले पर्दाफास गरेको थियो ।बिजय शाहीले सुर्खेतकै शैलीमा धनगडीमा पनि ठगि गरेको पाइएको छ ।

सुर्खेतमा रहेको शाही इ’न्ष्टिच्युट मार्फत उनले बिद्यार्थीहरुलाई फ’रमुला सि’काउने भन्दै यति ठुलो रकम ठ’गि गरेका थिए ।उनले पैसा बु’झाउनेलाई कागज समेत गराएको बताइएको छ ।बिद्यार्थीहरुले फ’र्मू’ला नजानेमा पैसा फिर्ता नहुने भन्दै कागज समेत गराएका थिए ।

पि’डि’त बिद्यार्थीका अनुसार शाही अहिले सम्पर्क बि’हिन भएको बताइएको छ ।उनका अनुसार शाहीले ९०० जना बिद्यार्थीबाट प्रत्यक व्यक्ति ५००० लिएको बताएकी छिन ।उनले शाहीले उक्त रकम फिर्ता नगरेमा का’नुनि प्रक्रिया अनुसार अगाडी बढ्ने समेत बताएकी छन ।

यता बिजय शाहीले भने आफ्नो ठग्ने नियत नभएको बताएका छन् ।उनले ९०० जनाको नभई १५० जनाको लागि टिकट काटिएको स्पस्थ परेका छन् । सिधाकुरा लागायत बिभिन्न मिडियामा ठगि धन्दाको पर्दाफास भएपछी शाहीले लकडाउनका कारण आफ्नो आवश्यक तयारी पुरा नभएकोले फर्मुला सिकाउँ नसकेको भन्दै क्षमा मागेका छन् ।

शाहीले फरमुला सिकाउँन नसके सबैको पैसा फिर्ता गर्ने समेत बताएका छन् । अमेरिकन मेमरी ए’थलेट ने’ल्सन डे’लिसले आफ्नो युटुबमा बिजय शाहीसंगको अन्तरबार्ता प्रस्तुत गरेपछी बिजय शाही झन् बिबादमा आएका छन् ।

प्रतिकृया दिनुहोस्