Thursday, May 6

कोरोना संक्रमणबाट बरिष्ठ सर्जन डा. ध्रुब मुडवरीको निधन

November 21, 2020 224

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बरिष्ठ कन्सलटेन्ट जनरल सर्जन डाक्टर ध्रुब शर्मा मुडवरीको निधन भएको छ । ९ दिन अगाडि कोरोना पुष्टि भएका मुडवरीको ७८ वर्षको उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।

मुडवरीका सहपाठी एवं नेपाल मेडिकल कलेजका अध्यक्ष डा.भोला रिजालले डा.मुडवरीको निधनले नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै पूर्वी र पश्चिम नेपालका पोखरा, राजविराज लगायतका विभिन्न स्थानमा सर्जरी सेवा सुरु गर्नुभएको स्मरण गर्नुभयो ।

मुडवरी ओम अस्पतालका निवर्तमान अध्यक्ष र नेपाल मेडिकल कलेजका सञ्चालक समिति सदस्यसमेत हुनुहुन्थ्यो । डा. रिजालका अनुसार सामान्य लक्षण देखिएपछि पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि अस्पताल भर्ना हुनुभएका मुडवरी अवस्थामा सुधार आएपछि डिस्चार्ज हुनुभएको थियो । घर गएपछि बाथरुममा लडेर गम्भिर घाइते हुनुभएपछि आइसियुमा उपचाररत मुडवरीको निधन भएको रिजालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्