Thursday, January 20

रहिनन् चर्चित दक्षिण भारतीय अभिनेत्री जयन्ती

July 26, 2021 321

चर्चित दक्षिण भारतीय अभिनेत्री जयन्तीको सोमबार बिहान बेंगालुरुमामा निधन भएको छ। उमेरजन्य समस्याका कारण घरमा सुतिरहेको अवस्थामा उनको निधन भएको इन्डियन एक्सप्रेसले जनाएको हो। उनी ७६ वर्षकी थिइन्।
कन्नड, तेलुगू, मलयालम, तामिल र हिन्दी भाषाका सयभन्दा बढी फिल्ममा अभिनय गरेकी उनले सन् १९६३ को कन्नड सिनेमा जेनु गुडुबाट अभिनय यात्रा सुरु गरेकी थिइन्।

उनी दक्षिण भारतीय सुपरस्टारहरुसँग अभिनय गर्ने थोरै अभिनेत्रीहरुमा पर्छिन्। उनले एनटी रामाराव, एमजी रामचन्द्र, राजकुमार र रजनीकान्तजस्ता सुपरस्टारसँग धेरै फिल्ममा महत्वपूर्ण फिल्म खेलेकी छन्। उनले जेमिनी गणेशन, एमजिआर र जयललिताजस्ता दिग्गजसँग पनि काम गरिन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्