Thursday, April 22

एकै ठाउँबाट १४ वटा ला’श उठाउनु पर्दा को पल कसैले सोच्न पनि सक्दैन होला

November 21, 2020 187

लेख्नुभन्दा पहिले यदी भगवान छन् र सुन्छन् भने पहिले प्रार्थना गर्दछौ । मानव जीवनमा विश्वको कुनैपनि पृथ्वीको टुक्रामा यस्तो दृष्य फेरी देख्न नपरोस् । भारत, उत्तर प्रदेशको प्रतापगढ जिल्लाको कुण्डा क्षेत्रको जिगरापुर गाउँ एकाएक शोकमा डुबेको छ । एका बिहान सबै गाउँ वरिपरि मौनता छाएको थियो । सडक दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यहरु समय–समयमा रोइरहेको सुनिन्थ्यो । सबैको आँखा रसाएको थिए ।

दिउँसो गाउँमा एकसाथ लाशलाई अन्तिम संस्कारका लागि तयार पारिएका थियो । विवाहको जीप दुर्घटनापछि १४ व्यक्तिको लाश परीक्षणपछि घरमा जम्मा भएका थिए । त्यस गाउँमा चारै तिर मृतकका परिवारका सदस्यहरु रोइरहेका थिए । एउटै गाउँका १४ जनाको मृत्युपछि सिंगो गाउँ नै शोकमा डुबेको हो

साँझ चार बजेतिर, बच्चाहरू सहितका १३ भार (लाश उठाउन बनाइएको बाँसको डोली) उठाइयो, परिवारका सदस्यहरुको रोदनले त्यस क्षेत्रको वातावरण शोकाकुल भयो । त्यहाँ उपस्थित सबैले आफ्नो आँसु रोक्न सकेनन् । शुक्रबार लाशको परीक्षणपछि, एम्बुलेन्स बाट सबै लाशहरु लिएर प्रहरी जिगरपुर गाउँ पुग्यो । घरहरू नजिकको खाली ठाउँमा लाशहरु पहिले नै तयार भइसकेका थिए ।

लाशलाई एम्बुलेन्सबाट निकालेर उनीहरूलाई भारहरूमा राखे पछि परिवार रुदैँ थियो । सबै लाशहरुलाई भारमा राखिएको थियो । नानीहल आएका नौ बर्षे मात्र व्यक्तिको शरीर मात्र एम्बुलेन्समा रोकियो । एम्बुलेन्समा रोकिएको अंशको लाशलाई पछि एम्बुलेन्सले हथिगवान पठाएको थियो ।

नाम कफनमा बेर्ने १३ मृत शरीरको कपडामा पहिचानको लागि लेखिएको थियो । त्यहाँ उपस्थित व्यक्तिहरूको सहयोगमा सबैको परिवार उनीहरूलाई हेर्न आएका थिए । मृत्यु भएका मान्छेहरुको अनुहार देखेर, आफन्तहरु मृत शरीर संग टाँसिएर रुन थाले । मृत परिवारका महिला, पुरूष र केटाकेटी राइरहेका थिए ।

शोकाकुलको बीचमा, सबै जना मृतकहरुको अन्तिम दर्शन गर्न आतुर पनि देखिएका थिए । करिब एक घण्टा पछि, लाशहरू अन्तिम संस्कारको लागि सँगै लगियो र एम्बुलेन्समा राखियो । एम्बुलेन्सबाट नै मृत शरीरहरू अन्तिम संस्कारका लागि अन्तिम संस्कार स्थलमा लगियो ।

प्रहरीहरू एम्बुलेन्स पछाडि आफ्नो गाडीबाट दौडिरहेका थिए । अन्तिम संस्कार स्थलमा एकै ठाउँमा पुर्याएर सामूहीक अन्तिम संस्कार गरियो । यो विश्वकै विरलै दृष्य हो । विश्व समुदायमा नै यस्तो दृष्य देख्नु नपरोस् । यदी भगवान छन् भने यो कामना सुनुन् ।

प्रतिकृया दिनुहोस्