Sunday, September 19

मान्छेको शव बैंकको खातामा रहेको १ लाख १८ हजार रुपैया लिन गयो, बैंकका कर्मचारीको उड्यो होस्

July 26, 2021 189

एजेन्सी । जब मृत्यु भइसकेका ब्यक्ति आफ्नो खातामा भएको पैसा लिन भन्दै बैंकमा पुगे त्यहाँका कर्मचारीको होस उड्यो । निधन भइसकेका ब्यक्तिको खातामा पैसा बाँकी थियो । त्यही पैसा निकालन शव बैंकमा पुगेको हो । भारतबिहारको राजधानी पटनामा भएको घटनाले अहिले भारतीय मिडियामा चर्चा पाएको छ ।

वास्तवमा यो अनौठो घटना पटना शहरसँगै शाहजहाँपुर पुलिस स्टेशन क्षेत्रको सिग्रीवान गाउँको हो । जहाँ क्यानरा बैंकको शाखा छ । सिग्रीवान गाउँका ६५ वर्षीय महेश यादवको बिमारीले गर्दा मृत्यु भयो ।

विपन्न परिवारका उनको अन्त्यष्टि गर्ने पैसा पनि परिवारका सदस्यसंग थिएन । त्यसैले उनको खातामा भएको पैसा दिन बैंकका कर्मचारीलाई आग्रह गरे । तर बैंक प्रबन्धकले पैसा दिन इन्कार गरे ।

यो देखेर रिसाएका गाउँलेहरु महेश यादवको शव लिएर बैंकमा पुगे र शव बैंकमा लगेर राखिदिए । यो दृश्य देखेर बैंकका कर्मचारीहरू पनि चकित भए । महेशको शव लगभग तीन घण्टा बैंकमा राखियो । उनको खाताको पैसा निकाल्न नमिल्ने बताउँदा पनि गाउँलेहरु मानेनन् । तर बैंकको म्यानेजरले ब्यक्तिगत रुपमा १० हजार रूपैयाँ दिएर यो घटना मिलाए ।

पैसा पाएपछि गाउँलेहरूले महेशको अन्तिम संस्कार गरे । महेशको विवाह भएको थिएन र उनको परिवारमा कोही पनि थिएन । उनको बैंक खातामा एक लाख १८ हजार रुपैयाँ थियो । तर उनीसँग बैंक खातामा नामांकन थिएन । बैंकमा उनले पारिवारिक विवरण पनि बुझाएका थिएनन् । यस कारणले बैंकले उनलाई पैसा दिन अस्वीकार गर्‍यो ।

क्यानरा बैंकका म्यानेजर संजीव कुमारले भने कि गाउँलेहरू महेशबाट पैसा लिन आएका थिए । उनलाई दाहसंस्कारका लागि पैसा चाहिएको थियो । तर बैंकको एक प्रक्रिया छ । उनको अनुसार, उनले त्यसै पैसा दिन सकेनन् । त्यसैले सहयोगका लागि १० हजार रुपैया दिएर पठाए । सांकेतिक तस्बिर

प्रतिकृया दिनुहोस्