Saturday, September 25

कल्पना दाहालको प्रेम विवाह !

July 26, 2021 236

काठमाडौं / गायीका कल्पना दाहालको पहिलो तीत गीत ‘प्रेम विवाह’ सार्वजनिक भएको छ । पछिल्लो समय लोक दोहोरी क्षेत्रमा चिर–परिचित नाम कमाएकी कल्पना दाहालले आपm्नै एवलमा तीज गीत सार्वजनिक गरेकी हुन् । टुक्का दोहोरी फर्काउनलाई अव्वल गायीका कल्पना दाहालले धेरै गीत गाएकी छिन् । पछिल्लो समय रमेश प्रसाई संगको दोहोरी बाट झन चर्चा कमाउन सफल गायीका पल्पनाले यो पहिलो तीज गीत निकालेको बताउँछिन् ।

उनि पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘दोहोरी च्याम्पियन’ पनि उनि अहिले टप १६मा पुग्न सफल भएकि छिन् । उनलाई भोट गरेर जिताउनसमेत उनले र्दशकमाझ आग्रह गरेकी छिन् ।यस गीतमा कल्पनाकै आवाज रहेको हामीले पाउन सक्छौं । उक्त गीतमा आफुले रोजेको संग विवाह गर्दा अथवा प्रेम विवाह गर्दा माईति पक्षबाट हुने ती संस्कार झल्काउने भाव भिडियोमा देख्न सकिन्छ । यसै कथा बस्तुमा रहेका गीत हेरौं ।

यो पनि : बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको बर्सातका कारण घरमै थुनिएका आन्तरिक पर्यटकले पुलवरपरको क्षेत्र भभिराउन हुन थालेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हो । पुल व्यवस्थापनको जिम्मा पाएको बागलुङ नगरपालिकाले उक्त पुल विश्वकै लामो भएको दाबी गर्दै गिनिजबुकमा नाम लेखाउन निवेदनसमेत दिइसकेको छ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दर शहीद उद्यानभित्रबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुलमा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ । कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द थियो ।

अत्यावश्यक कामबाहेक पर्यटकका लागि बन्द गरिएको पुल निषेधाज्ञा खुकुलो भएसँगै पर्यटकको चहलपहल पुनः बढ्न थालको छ । निषेधाज्ञाले घर र कार्यालयमा मात्रै सीमित बागलुङ बजारका अमिट कार्की एक हप्तादेखि साँझपख लामो पुलमा घुम्न आउने गरेको बताउनुहुन्छ । अहिले बागलुङ बजारवासी पुल तरेर पर्वतको कुश्मा–१ अदुवाबारीमा घुम्न जाने, रेष्टुराँमा खाजा खाने र कालीगण्डकी किनारामा रमाउने गर्न थालेका हुन् । अदुवाबारीमा रहेका आधा दर्जन रेष्टुराँ तथा पसल पर्यटकले भरिभराउ हुने गरेका छन् । कोरोना जोखिम कायमै रहेको हुँदा पुलमा बागलुङ र पर्वत बाहिरका पर्यटक भने खासै आउने गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्