काठमाडौँ । हाम्रो दिन चर्या देखि राति सुत्ने बेला सम्म धेरै जसो यस्ता काम हुन्छन् जुन साँझको समयमा भन्दा अन्य समयमा गर्नु उपयुक्त हुन्छ। शास्त्रका अनुसार यस्ता कतिपय काम साँझको समयमा गर्दा लक्ष्मी सहित अन्य देवी देवता रिसाउँछन्।
साँझको समयमा के गर्नु हुन्छ के हुँदैन ?
साँझको समयमा तुलसीमा जल चढाउनु हुँदैन । यद्यपी तुलसीमा बत्ति बालिदिनु चाँहि शुभ मानिन्छ । यस्तो घरमा समृद्धी आउँछ ।
साँझमा कुचो लगाउनु हुँदैन । साँझमा बढार्दा घरको सकारात्मक उर्जा बाहिर जाने मानिन्छ । अनि दरिद्रता घरमा आउने मानिन्छ।
कसैलाई गाली गर्दा वा निन्दा गर्दा पनि साँझको समय खराव मानिन्छ । साँझको समय शुभ कामका लागि मात्र उपयुक्त मानिन्छ ।
यो पनि पढ्नुहोस
पैसा गन्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र देखिन्छ आर्थिक संकट
घरमा कहिल्यै पैसाको अभाव हुन नदिन राख्ने गर्नुहोस् यी ६ चिज, मिल्नेछ…
साँझको समयमा घरमा फोहोर गर्नु हुँदैन । स्त्री पुरुष समगम पनि साँझको समयमा अनुपयुक्त मानिन्छ ।
क्रोध मानिसको सबैभन्दा ठूलो दुष्मन हो । क्रोध गर्ने मानिस आफै दुःखी हुन्छ । क्रोध साँझको समयमा अझै खराव मानिन्छ । यसले साँझको शुभ माहौल विगारिदिन्छ ।
पढाइका लागि विहानको समय उपयुक्त मानिन्छ । सन्ध्याको समयमा पढाइ गर्नु राम्रो मानिँदैन ।
साँझको समयमा कुनै खानेकुरा खान पनि उपयुक्त मानिँदैन ।
प्रतिकृया दिनुहोस्